Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भल्कोट खोलाले बगाउँदा बागलुङको निसीखोलामा एक बालिका बेपत्ता

भल्कोट खोलाले बगाउँदा बागलुङको निसीखोलामा एक बालिका बेपत्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १७, २०७७ बुधवार • १५:५६:०३ बजे
  • 1.6K
    SHARES
  • भल्कोट खोलाले बगाउँदा बागलुङको निसीखोलामा एक बालिका बेपत्ता
    भल्कोट खोलाले बगाउँदा बागलुङको निसीखोलामा एक बालिका बेपत्ता भएकी छन् ।

    निसीखोला गाउँपालिका–६ का ‘रासे’ भनिने राजिव बुढाकी सात वर्षीया छोरी सञ्जिला बुढामगर म‌ंगलबार साँझदेखि बेपत्ता भएकी हुन् । घरदेखि २० मिटरको दूरीमा रहेको खोलामा साँझ ५ बजे निस्किएकी बालिकालाई एक्कासी बढेको खोलाको बहावले हुत्याएको इलाका प्रहरी चौकी निसीका प्रहरी नायब निरीक्षक लालमणि भट्टराईले जानकारी दिए ।

    घटनाबारे प्रहरीले बुधबार बिहान ९ बजे मात्र जानकारी प्राप्त भएको थियो । स्थानीयले खबर गरेपछि प्रहरी, स्थानीयवासी मिलेर बालिकाको खोजी कार्य जारी राखेको प्रहरी नायब निरीक्षक भट्टराईको भनाइ छ ।

    बाबुआमा गोठमा काम गरिरहेको अवस्थामा बालिका खोला किनारमा खेलेको र सोही समयमा ठूलो पानी परेको हुँदा खोलाले बगाएको हुनसक्ने अनुमान गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # बेपत्ता
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology