बाग्लुङमा केही दिनदेखि परेको निरन्तर वर्षाका कारण ढोरपाटनको सुकुरदुङदेखि बोबाङसम्मका तटिय क्षेत्रका एक दर्जन बढी घरहरु बगाएको छ ।
ढोरपाटन नगरपालिका वडा नम्बर ९ दुवालदेखि आएको बाढीले १५/२० घर बगाएको र १२ जना सम्पर्क बिहीन भएको स्थानीय कुशल विश्वकर्माले जानाकारी दिए । उनले खोलाले किनारमा रहेका बस्तीहरु बगाएको हुन सक्ने बताए । विश्वकर्माले रातकाे साढे ११ बजेकाे समयमा खाेला उर्लेर आउँदा सबै जानकारी पाउन गाह्रो भएको र उद्धार गर्न गाह्रो भएको बताए ।
‘रातको समयमा खोला उर्लेर आयो, बोबाङभन्दा माथि खोला किनारका बस्तहरु बगाएको भन्ने आशंका छ, रातिमा भएको हुँदा के कति भयो भनेर पत्ता लगाउन सकिएको छैन,’ उनले भने ‘हालसम्म १२ जनाभन्दा बढी सम्पर्कमा नभएको भन्ने कुरा आएको छ, घरहरु १५/२० वटा भन्दा बढी बगाएको अनुमान गरेका छौँ ।’
विश्वकर्माको अनुसार भूजीखोलाको तटिय क्षेत्रमा रहेका वडा नम्बर ५, ६ ७, ८, ९ का बस्तीहरुमा क्षेति पु¥याएको बताए । इलाका प्रहरी कार्यालय बुर्तिकाङका प्रमुख प्रकाशसिंह भण्डारीले रातको समयमा भएको हुँदा कहाँ कति क्षति पु¥यो भन्ने भएकिन नभएको भन्दै केही घरहरु बगाएको र केही नागरिकहरु बेपत्ता भएको भन्ने स्थानीयले जानकारी दिएको बताउनुभयो ।
उहाँले एक जनाको आधा शरिर फेला पारेको बताउनुभयो । रातिको समयमा र निरन्तर वर्षाको कारण त्यस्तानमा पुग्न नसकेको भन्दै विहान हुना साथ घटना स्थलमा पुग्ने बताउनुभयो । खोलामा प्रहरीले एक जनाको आधा शरिर मात्रै फेला पारेको प्रहरीले जनाएको छ । बाग्लुङ पोस्ट