Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ढोरपाटनमा बाढी अपडेट

ढोरपाटनमा बाढी अपडेट : मृत्यु हुँनेको संख्या ८

ढोरपाटनमा बाढी अपडेट : मृत्यु हुँनेको संख्या ८

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १८, २०७७ बिहिवार • ०९:५१:३५ बजे
  • 1.5K
    SHARES
  • ढोरपाटनमा बाढी अपडेट : मृत्यु हुँनेको संख्या ८
    बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाको ७, ८ र ९ वडाको तटीय वस्तीमा बाढी पस्दा मृत्यु हुँनेको संख्या ८ पुगेको छ ।

    सुकुर्दुङ स्थित भूजी खोलाको बाढीमा १३ जना वेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बाढीले १३ घर बगाएर क्षति बनाएको छ । घटना स्थलमा फेला परेको ८ जनाको शवको पहिचान हुँन सकेको छैन ।

    जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सुचना अधिकारी राजेन्द्र रेग्मीका अनुसार वेपत्ता र मृतकको संख्या बढ्न सक्ने बताउनुभयो । 

    जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार वेपत्ता हुँनेमा ढोरपाटन नगरपालिका–९ बस्ने कौशला पुन, निजको छोरा हिक्मत पुन, सोही स्थानका जीत बहादुर घर्ती, राजु घर्ती, कुमारी बि।क।, पुतली बि।क।, करमती घर्ती मगर, रीना घर्ती मगर, दिलमाया घर्ती मगर, निजको छ वर्षीय छोरा नाम नखुलेको, डोटी पुन, टुलमती पुन र नाम नखुलेका ढोरपाटन घुम्न आएका एक जना पर्यटक वेपत्ता भएका छन् ।

    पर्यटक संगै मोटर साइकलमा आएका अन्य तीन जना सकुशल रहेको प्रहरीको भनाई रहेको छ । अरिवरल वर्षा संगै गयराति १२ वजेको समयमा आएको बाढीले बस्तीका घर बगाएको घटनास्थलमा रहनुभएका इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरिक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिनुभयो ।

  • सम्बन्धित विषय:

  • # ढोरपाटनमा बाढी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology