Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नदीजन्य पदार्थको उत्खनन् चोरी निकासी

म्याग्दीको भिरकाटेस्थित कालीगण्डकी बगरबाट अबैधरुपमा नदीजन्य पदार्थको उत्खनन् चोरी निकासी

म्याग्दीको भिरकाटेस्थित कालीगण्डकी बगरबाट अबैधरुपमा नदीजन्य पदार्थको उत्खनन् चोरी निकासी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १८, २०७७ बिहिवार • ११:५५:२२ बजे
  • 1.9K
    SHARES
  • म्याग्दीको भिरकाटेस्थित कालीगण्डकी बगरबाट अबैधरुपमा नदीजन्य पदार्थको उत्खनन् चोरी निकासी
    म्याग्दी - पछिल्ला वर्षमा कर उठाउने नाउमा स्थानीय तहले जथाभावी नदीजन्य बस्तुको उत्खनन् गर्न दिँदा बस्ती नै जोखिममा पर्ने गरेका छन् । त्यसका साथै नदीजन्य बस्तु अबैध रुपमा पनि उत्खनन् हुने क्रम पनि रोकिएको छैन ।

    त्यस्तै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ भिरकाटेस्थित कालीगण्डकी नदीको बगरबाट यतिबेला अबैधरुपमा नदीजन्य पदार्थको उत्खनन् र चोरी निकासी वढेको छ । गाउँपालिकासँग ठेक्का सम्झौता बिनै एक्साभेटर प्रयोग गरेर बालुवा निकालेर निकासी भएको हो । स्थानीय तहले ठेक्का लगाएपछि मात्र नदीजन्य वस्तुको उत्खनन् गरी बिक्री वितरण गर्न पाइने नीतिगत व्यवस्था छ तर गाउँपालिकाले रोक्ने कुनै प्रयास गरेको छैन ।

    गण्डकी प्रदेश सरकारले असार १५ गतेदेखि तीन महिनासम्म बगर उत्खनन्मा रोक लगाएको छ । नीतिगत वयवस्थाअनुसार बगर उत्खनन्मा एक्साभेटर (डोजर)को प्रयोग गर्नसमेत पाइँदैन । भिरकाटेको बगरमा साँझ र रातिमा एक्साभेटर परिचालन गरेर बालुवा निकालेर निकासी भैरहेको स्थानीयबासी बिमल बरुवालले बताउनुभयो । अबैधरुपमा नदीजन्य पदार्थको उत्खनन् र चोरी निकासी हुँदा गाउँपालिकालाई आम्दानीको स्रोत गुमेको छ तर जनप्रतिनिधि भने मोटाउने काम भएको छ । बेनी–जोमसोम सडकको छेउछाउमा भएको अबैध उत्खनन् नियन्त्रणका लागि सम्बद्ध पक्षले बेवास्ता गरेको स्थानीयबासी शिव खड्काले बताउनुभयो ।

    बालुवा उत्खनन् भएको ठाउँमा बुधबार गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, प्रमुख प्रशासकीय अधिकृत नबिन सुवेदी र अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समितिअन्तरगत गाउँ संरक्षण तथा व्यवस्थापन समितिका पदाधीकारीहरुको टोलीले छुट्टाछुट्टै अनुगमन गरेको थियो । प्रशासकीय अधिकृत सुवेदीले अनुगमनमा जाँदा बालुवा निकालेर थुपारेको भेटिएको तर उत्खनन् गर्ने डोजर र ढुवानी गर्ने साधन नदेखिएको बताउनुभयो । अबैधरुपमा उत्खनन् र ढुवानीमा संलग्न ब्यक्तिलाई पक्राउ तथा साधनलाई नियन्त्रणमा लिने, जरिवाना तिराउने र उत्खनन् भएका नदीजन्य बस्तु जफत गरी बढीबढाउमा बिक्री गर्ने कानुनी व्यवस्था छ ।

    अन्नपूर्ण गाउँपालिकाले बगर ठेक्का लगाउनका लागि प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कनको क्रममा छ । इआइए रिपोर्ट जिल्ला समन्वय समितिले पारित गरेपछि ठेक्का आव्हान गर्ने र प्रतिस्पर्धामा बढी कबोल गर्नेले राजस्व तिरेर उत्खनन् तथा निकासी गर्न पाउँछन् । गत वर्ष तीन पटक सूचना प्रकाशन गर्दासमेत अन्नपूर्ण गाउँपालिकाका बगर उत्खनन्का लागि कसैले पनि ठेक्का हालेका थिएनन् । ठेक्का नलाग्दा गाउँपालिकालाई साठी लाखभन्दा बढी आम्दानी गुमेको थियो । ठेक्का नलाग्दै उत्खनन् गरेपछि बगर रित्तिने भएकाले प्रतिस्पर्धामा भाग लिन ब्यवसायीले बेवास्ता गरेको बताइएको छ

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology