Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

राहत सामग्री लिएर बागलुङ उडेका गृहमन्त्री सवार नेपाली सेनाको हेलिकोप्टर पोखरामै अवतरण

राहत सामग्री लिएर बागलुङ उडेका गृहमन्त्री सवार नेपाली सेनाको हेलिकोप्टर पोखरामै अवतरण

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र १८, २०७७ बिहिवार • १३:२६:४४ बजे
  • 2.6K
    SHARES
  • राहत सामग्री लिएर बागलुङ उडेका गृहमन्त्री सवार नेपाली सेनाको हेलिकोप्टर पोखरामै अवतरण
    बागलुङका बाढी पहिरो पीीडतका लागि राहत सामग्री लिएर उडेको गृहमन्त्रीसहितको टोली सवार नेपाली सेनाको हेलिकोप्टर खराब मौसमका कारण पोखरामै ल्याण्ड गरिएको छ ।

    बागलुङमा मौसम खराब भएको सूचना आएपछि स्याङजाबाट हेलिकोप्टर पोखरा फर्किएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिएका छन् ।गृहमन्त्रीको सचिवालयका अनुसार गृहमन्त्री रामबहादुर थापा, बागलुङका सांसद देबेन्द्र पौडेल र राष्ट्रिय विपद जोखिम नियन्त्रण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोख्रेलसहितको टोली घटनास्थलतर्फ प्रस्थान गरेको हो ।

    बागलुङको ढोरपाटन नगरपालिकामा बुधबार राति गएको बाढी पहिरोमा बेपत्ता भएकामध्ये अहिलेसम्म १० जनाको शव फेला परेको छ ।

    नगरपालिकाको ७, ८ र ९ वडाको तटीय वस्तीमा भूजी खोलाको बाढी पस्दा ४१ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बेपत्ताको संख्या अझ बढ्न सक्ने अनुमान प्रहरीको छ ।

    घटनास्थलमा फेला परेको शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिए । बाढीले ३१ घरमा पूर्ण क्षति पुर्‍याएको छ ।

    घटना स्थलमा नेपाल प्रहरी र नेपाली सेनाले उद्दार गरिरहेको छ । घटनामा हालसम्म चार जना घाइते भएको प्रहरीको भनाइ छ । अरिवरल वर्षासंगै गए राति १२ वजेको समयमा आएको बाढीले बस्तीका घर बगाएको घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिऐ ।

    प्रहरीका अनुसार बाढीका कारण घाइते हुनेमा ढोरपाटन न।पा।४ दुनेपोखराका १५ वर्षीय महेन्द्र पुन, २८ वर्षीया सरीता घर्ती, ४२ वर्षीय धर्मेन्द्र पुन र ५४ वर्षीया बेलमती पुन रहेका छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology