भाद्र १८, २०७७ बिहिवार
•
१९:००:३९ बजे
पोखरा महानगर भित्रमात्रै बिहिबार एकै चोटी २९ जनाको कोरोना रिपोर्ट पोजिटिभ आएको छ । यसै गरी थप तनहुँमा थप २ जना गरी गण्डकी प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या दुई हजार ३ सय आठ पुगेको छ ।
पोखरा महानगरपालिका भित्रका सक्रमित हुनेमा १० वटा वडा १, ५ , ८ १०, १२, १३, १४, १६, २७ र ३० रहेका छन ।स्वास्थ निर्देश्नालयका अनुसार पोखरा १ की ४२ वर्षीया महिला ५ का २८ वर्षीय पुरुष , ८ का ३५ र ५८ वर्षका दुई पुरुष, १० का ३८ र ४६ वर्षीया दुई महिला तथा २७ ,३० , ३७, ३८ र ४८ वर्षका पुरुष , १२ का २५ ,३६ ३७, ४४ ,४५ वर्षीया महिला तथा ३१, ३६ र ४७ वर्षका पुरुष , १३ का २१ वर्षीय महिला तथा २२ र ४८ वर्षका पुरुष, १४ का ३५ वर्षीया महिला तथा ४६ वर्षीय पुरुष , १६ का ५२ वर्षका पुरुष , २७ का ३२ र ३७ वर्षीया महिला तथा ३५ वर्षीय पुरुष र ३० का ३५ वर्षीय पुरुषमा कोरोना देखिएको निर्देशनालयले जनाएको छ ।
त्यसै गरी तनहुँ ब्यास १ र ४ का २९ वर्षीया २ महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।