Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एकाबिहानै गण्डकी प्रदेशमा ४० जना नयाँ सक्रमित पुष्टि,पोखरामा १६ र नवलपरासी ब सु पु मा १७ जना

एकाबिहानै गण्डकी प्रदेशमा ४० जना नयाँ सक्रमित पुष्टि,पोखरामा १६ र नवलपरासी ब सु पु मा १७ जना

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र १९, २०७७ शुक्रवार • ०९:४४:५६ बजे
  • 1.5K
    SHARES
  • एकाबिहानै  गण्डकी प्रदेशमा  ४० जना नयाँ सक्रमित पुष्टि,पोखरामा १६ र नवलपरासी ब सु पु मा १७ जना
    पोखरा महानगरपालिका क्षेत्रमा कार्यरत सात प्रहरीसहित १६ जनामा  एकाबिहानै कोरोना संक्रमण पुष्टि भएको छ।

    पोखरा महानगरपालिकाको वडा नम्बर १५ क्षेत्रमा कार्यरत सात जना प्रहरी तथा वडा नम्बर १० मा ३ र वडा नम्बर २७ मा दुई जना कोरोना संक्रमित भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ।  निर्देशनालयले जारी गरेको बिज्ञप्ति अनुसार, वडा नम्बर ५, १२ र १४ का १/१ जनामा कोरोना संक्रमण देखिएको छ।
    यसैगरी नवलपुरमाा १७ जनालाई काेराेना संक्रमण पुष्टि भएकाे छ । ती मध्ये १६ जना गैडाकाेटका छन् भने १ जना देवचुलीका हुन् ।

    त्यस्तै लमजुङमा ३ जना, स्याङ्जामा १ जना, बाग्लुङमा १ जना र तनहुँमा १ जनामा काेराेना संक्रमण पुष्टि भएकाे गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

    निर्देशनालयको अध्यावधिक विवरण अनुसार, क्षयरोग उपचार केन्द्र, पोखरा र स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा  ४० जना नयाँ सक्रमित पुष्टि भएका छन्।  यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दुईहजार तीनसय ५२ पुगेको छ |
    bhadau-19.jpg

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology