Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रमुख जिल्ला अधिकारीलाई कोरोना

जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई कोरोना संक्रमण पुष्टी

जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई कोरोना संक्रमण पुष्टी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १९, २०७७ शुक्रवार • १७:३५:२३ बजे
  • 1.7K
    SHARES
  • जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई कोरोना संक्रमण पुष्टी
    सुर्खेत - जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई कोरोना संक्रमण पुष्टी भएको छ ।

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएलगत्तै आफू आइसोलेसनमा बसेको प्रजिअ थापाले बताएका छ ।


     सीडीओ थापाले सामाजिक सञ्चाल फेसबुकमा स्टाटस लेख्दै आफू संक्रमित भएको जानकारी दिएका छन् ।

    ‘जनताको जीवन सुरक्षा गर्ने सिलसिलामा काँधमा जिम्मेवारी र हृदयमा इमान्दारी बोकेर कर्तव्य पालनको सिलसिलामा अहोरात्र खटिँदा आज म पनि कोरोनाबाट संक्रमित हुन पुगेको छु,’ प्रजिअ थापाले फेसबुकमा लेखेका छन्, ‘अहिले आइसोलेसनमा बसेको छु । कार्यालयसँग सम्बन्धित काममा सहायक प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गर्नुहोला । छिट्टै तपाईंहरुको सेवामा फर्किनेछु ।’

    प्रजिअ थापासहित ६ जनाको नतिजा पोजेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका अस्पताल निर्देशक डा। मंगल रावलले जानकारी दिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology