Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

राजीनामा

अर्थ तथा सञ्चार मन्त्री डा खतिवडाले दिए मन्त्रीपदबाट राजीनामा

अर्थ तथा सञ्चार मन्त्री डा खतिवडाले दिए मन्त्रीपदबाट राजीनामा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १९, २०७७ शुक्रवार • १८:२२:४९ बजे
  • 1.4K
    SHARES
  • अर्थ तथा सञ्चार मन्त्री डा खतिवडाले दिए मन्त्रीपदबाट राजीनामा
    अर्थ तथा सञ्चार मन्त्रीको जिम्मेवारी समेत पाएका डा युवराज खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष  राजीनामा बुझाएका छन । त्यसअगाडि उनी अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी भएका थिए ।

    राष्ट्रियसभाको रिक्त एक पदमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेपछि सरकार पुगेको प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकमा जानकारी गराएका थिए।

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले बिहीबार मात्र राष्ट्रियसभामा गौतमलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

    नेकपाको यो निर्णयसँगै खतिवडाको संसद बन्ने बाटो बन्द भएको छ । तत्कालका लागि संसद बन्ने बाटो बन्दै भएसँगै उनको मन्त्री पदसमेत शनिबारबाट स्वत: सकिदै छ।

    प्रधानमन्त्री केपी ओलीले अहिलेसम्म सरकारमा बसेर काम गरेकोप्रति अर्थमन्त्री खतिवडालाई धन्यवाद दिएका छन्। खतिवडा गैर संसाद नै ६ महिनासम्म मन्त्री बनेका हुन्।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology