Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बाढीका कारण  ढोरपाटन नगरपालिका ७, ८ र ९ नम्बर वडाका गाउँ उजाड

बाढीका कारण  ढोरपाटन नगरपालिका ७, ८ र ९ नम्बर वडाका गाउँ उजाड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २०, २०७७ शनिवार • ०९:३४:०२ बजे
  • 2.0K
    SHARES
  • बाढीका कारण  ढोरपाटन नगरपालिका ७, ८ र ९ नम्बर वडाका गाउँ उजाड
    गएको बुधबार राति अविरल वर्षासँगै बागलुङको ढोरपाटन नगरपालिका भुजिखोलामा आएको बाढी र पहिरोका कारण ठूलो मात्रमा भौतिक क्षति पनि भएको छ। बाढीले घर, विद्यालय, जलविद्युत्, स्वास्थ्य संस्था, झोलुङ्गे पुललगायत १७१ वटा भौतिक संरचनामा क्षति पु¥याएको छ ।

    बाढीका कारण  ढोरपाटन नगरपालिका–७, ८ र ९ नम्बर वडाका गाउँलाई उजाड बनाएको छ। सबैभन्दा बढी क्षति वडा नम्बर ९ मा भएको छ। मुख्यगरी फल्लेघर, सुपराङ, भुसुन्डे, सिदु, घट्टेबोट, सेरावाङ, दुनापढेरा, सुकुरर्दुङ, सप्राङ र लाखुरीबोटमा बढी क्षति भएको छ।  

    ढोरपाटन नगरपालिका–९ देउरालीडाँडाबाट खसेको पहिरो खोलामा झरेपछि बाढीमा परिणत भई बस्तीमा पसेको थियो। बाढीका कारण ढोरपाटन–९ मा जम्मा ७३ घर र ढोरपाटन–८ मा १० घरमा पूर्ण क्षति भएको छ भने ४८ घरमा आंशिक क्षति भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिए। पूर्ण तथा आंशिक रुपमा क्षति भएका घरबाट ५१८ जना विस्थापित भएका छन्।  

    यस्तै १३१ घरसहित ११ लघु जलविद्युत्, एक स्वास्थ्य एकाइ, ११ झोलुङ्गे पुल, पाँच ढलान पुल, दुई विद्यालय र १० काठे पुल गरी १७१ भौतिक संरचनामा क्षति पु¥याएको ढोरपाटन नगरपालिकाले जनाएको छ। मेयर देवकुमार नेपालीका अनुसार अधिकांश संरचना पूर्णरुपमै ध्वस्त छन् भने बुर्तिवाङ हुँदै ढोरपाटन जाने सडकको दुई दर्जनभन्दा बढी स्थानको सडक बगाएको छ।

    ढोरपाटन नगरपालिका–९ सुप्राङस्थित जनचेतना प्राथमिक विद्यालयको तीन कोठा भएको भवन, सोही वडाको सुकुरदुङस्थित सरस्वती आधारभूत विद्यालयको तीन कोठे भवन पूर्ण क्षति भएको छ। यस्तै ९ नम्बर वडाकै लाकुरीबोटस्थित लाकुरीबोट स्वास्थ्य एकाइकोे दुई कोठे भवनमा क्षति पु¥याएको छ।

    यस्तै भुजीखोला लघु जलविद्युत्का पाँच शाखासहित ११ लघु जलविद्युत्, विभिन्न स्थानका ११ झुोलुङ्गे पुल, पाँच ढलान पुल र १० काठेपुलमा क्षति पु¥याएको मेयर नेपालीले जानकारी दिए। अन्य क्षतिग्रस्त संरचनाको लगत संकलन भइरहेको बताइएको छ।

    बाढीका कारण हालसम्म १४ जनाको मृत्यु भइसकेको छ भने २४ अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रेग्मीले जानकारी दिए।

  • सम्बन्धित विषय:

  • # ढोरपाटनमा बाढी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology