Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बागलुङ पहिरोमा हराएका २४ मध्ये एकको शव भेटियो

बागलुङ पहिरोमा हराएका २४ मध्ये एकको शव भेटियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २०, २०७७ शनिवार • १३:४७:०४ बजे
  • 1.3K
    SHARES
  • बागलुङ पहिरोमा हराएका २४ मध्ये एकको शव भेटियो

    बाढी र पहिराले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा हराइरहेका २४ मध्ये एकजना पुरुषको शव फेला परेको छ । प्रहरीले बेपत्ताको खोख्ने क्रममा शनिबार भुजीखोला किनारमा एक पुरुषको शव फेला परेको हो ।

    images
     

    बीभत्स शवको उमेर अन्दाज गर्नसमेत कठिन रहेको प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताए । पहिरामा २३ जना अझै हराइरहेका छन् । हराएकामा १५ दिने शिशुदेखि वयोवृद्धसमेत छन् ।

    मृत्यु भएका १४ मध्ये १३ जनाको शव सनाखत भएको छ । एक जनाको शव सनाखत हुन बाँकी छ । भुजीखोलामा फेला परेको शव बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउने तयारी भइरहेको छ । प्रहरीले हराएकाको खोजी जारी राखेको छ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology