Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अल्का अस्पतालकी कर्मचारीको शव लेले जंगलमा फेला,एक जना पक्राउ

अल्का अस्पतालकी कर्मचारीको शव लेले जंगलमा फेला,एक जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २०, २०७७ शनिवार • १३:४९:२८ बजे
  • 1.6K
    SHARES
  • अल्का अस्पतालकी कर्मचारीको शव लेले जंगलमा फेला,एक जना पक्राउ

    ललितपुरस्थित अल्का अस्पतालकी कर्मचारीको शव मूलडोलस्थित लेले जंगलमा फेला परेको छ । शुक्रबार राति अल्का अस्पतालकी कर्मचारी गीता केसीको शव फेला परेको हो ।

    images

    उनकाे हत्याकाे आशंमा एक जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त, चापागाउँका डिएसपी कृष्ण ओझाका अनुसार उनको हत्या आशंकामा भतिजा निर्मल केसी पक्राउ परेका छन् । शुक्रबार राति नै उनको शव फेला परे पनि राति भएको हुँदा शवको मुचुल्का शनिबार बिहान मात्रै उठाएको थियो ।

    केही दिन अघि उनी हराएको निवेदन ललितपुर परिसरमा परेको थियो । हाल शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लैजाने तयारी भइरहेको छ । केसीको शरीरमा अन्य चोटपटक देखिएको छैन । यद्यपि, पोष्टमार्टमपछि विस्तृत जानकारी आउनेछ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology