Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप ९ को मृत्यु,१ हजार ४१ जनामा पुष्टि

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप ९ को मृत्यु,१ हजार ४१ जनामा पुष्टि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २०, २०७७ शनिवार • १७:१८:२४ बजे
  • 1.1K
    SHARES
  • पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप ९ को मृत्यु,१ हजार ४१ जनामा  पुष्टि
    पछिल्लो २४ घन्टामा देश भर कोरोना भाइरस संक्रमणबाट थप ९ को मृत्यु भएको छ । मृतकमा ३ जना महिला र ६ जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरे । स्वास्थ्य मन्त्रालयले २४ घन्टाको अध्यावधिक विवरणअनुसार सुनाउने क्रममा मोरङकी ४३ वर्षीया, मकवानपुरकी ५२ वर्षीया र नवलपरासीकी ३७ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । काठमाडौँका ३ जना ४१ वर्षीय, ५९ वर्षीय र ६५ वर्षीय पुरुषको मृत्यु भएको बताए ।
    त्यसैगरी मृत्यु हुनेमा पर्साका ७५ वर्षीय, महोत्तरीका ७८ वर्षीय र रुपन्देहीका ४० वर्षीय पुरुष रहेका छन् ।

    यो सँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८० पुगेको छ ।

    २४ घन्टामा नेपालमा १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि

     पछिल्लो २४ घन्टामा नेपालमा १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यो सँगै देशभर ४५ हजार २७७ जना संक्रमित पुगेको छ ।
    मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ७ लाख ५७ हजार ९६३ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घण्टामा जम्मा १२ हजार ४७३ पीसीआर परीक्षण भएका छन् ।

    हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार ७०१ जना रहेका छन् । त्यसैगरी सकृय संक्रमितको संख्या १७ हजार ८७० जना रहेको छ ।

    २४ घन्टामा १ हजार ५६६ जना डिस्चार्ज भएका छन् । हालसम्म निको हुनेको संख्या २७ हजार १२७ पुगेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाए । निको प्रतिशत ६० रहेको छ ।
    r-0592020011519-1000x0.jpg
    r-1-0592020011537-1000x0.jpg

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology