Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गोेरखा नगरपालिका एक साताका लागि सिल

गोेरखा नगरपालिका एक साताका लागि सिल

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र २०, २०७७ शनिवार • १७:३०:११ बजे
  • 1.3K
    SHARES
  • गोेरखा नगरपालिका एक साताका लागि सिल
    गोेरखा नगरपालिका एक साताका लागि सिल गरिएको छ ।

    कोरोना संक्रमितको संख्या बढ्न थालेसँगै शुक्रबार बसेको  गोरखा जिल्लास्तरीय कमान्ड पोस्टको बैठकले एक साताका लागि नगरपालिका सिल गर्ने निर्णय गरेको हो । शनिबार दिउँसो १२ बजेदेखि २६ गते मध्यरात १२ बजेसम्म सिल गर्ने निर्णय भएको हो ।

    निषेधाज्ञा जारी गरिएको समयमा अत्यावश्यकबाहेक अन्य सबै सेवा, यातायात, व्यापार–व्यवसायलगायतका सम्पूर्ण कार्यहरू नगर्न, नगराउनुहुनसमेत नगरपालिकाले अनुरोध गरेको छ ।  

    यो अवधिमा होटेल तथा रेस्टुरेन्ट, ब्युटिपार्लर, कपडा पसल, सैलुन, जिमखाना, हार्डवेयर पसल, सुनचाँदी, टेलरिङ, फुटपाथ, उद्याेग कलकारखाना सबै बन्द रहनेछ । तर, स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत्, खानेपानी, औषधि पसल, खाद्यान्न पसल भने खुला रहने नगरपालिकाले जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology