Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

लोकगायिका दिलमाया सुनारको प्रेमीले हत्या गरेको खुलासा

लोकगायिका दिलमाया सुनारको प्रेमीले हत्या गरेको खुलासा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १३, २०७९ सोमवार • १८:३४:०८ बजे
  • 2.3K
    SHARES
  • लोकगायिका दिलमाया सुनारको प्रेमीले हत्या गरेको खुलासा

    लोकदोहोरी गायिका दिलमाया सुनारको हत्या गरेको खुलासा भएको छ । सुसाइड नोट लेखेर आत्महत्या भएको भनिए पनि सुनारको हत्या प्रेमी सुरेश श्रेष्ठले गरेको प्रहरीको विशेष स्रोतले जनाएको हो ।प्रहरीको प्रारम्भिक अनुसन्धानले सलको प्रयोग गरी घाँटी बेरेर हत्या गरेको खुलेको हो । पोष्टमार्टम रिपोर्टपछि थप तथ्य खुल्ने प्रहरीको भनाइ छ ।

    images

    पक्राउ परेका श्रेष्ठले विवाह गर्न दवाव दिएपछि विवाद हुँदा हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन् ।प्रेमिका सुनारको आत्महत्या देखाउन सुरेशले आफैँ सुसाइड नोट लेखेको स्वीकार गरेका छन् । हत्या लुकाउन सुरेशले दिलमायाको भावुक भिडियोहरु समेत पोष्ट समेत गरेका थिए ।

    बालाजुको नेपालटारस्थित कोठामा आइतबार विहान सुनारको शव फेला परेको थियो ।

    सुसाइड नोट नक्कली

    नमस्कार सबै जनामा र सबैलाई मिठो सम्झना छ । यो जिन्दगिको उतावचढाव धेरै भोगेँ तर जब म जान्ने भएँ अनि म एक्लो भएँ र कसैको माया पाउन जति कोसिस गरे पनि पाउन सकिनँ । तर पनि हार खाईनँ तर अहिले धेरै गाह्रो भयो ।

    म बाँचेर पनि दिनदिनै मर्न सकिनँ । आमा तिम्री छोरी धेरै थाकिछे । जिन्दगिको मोड धेरै अप्ठेरा आए पार पनि गरेँ । मैले गरेजस्तो लाग्दैन । जसलाई राम्रो गर्छु भने पनि भएन ।

    म कहाँ जाउँ आमा दुःख पोख्न माइत आउँ भनी तिमलाई थाहा छ सबै कुरा भित्रभित्रै मोरेर बाँचेछु । आमा म नभएर केभो त ४ बैनी छोरी अरस छन् । मन बुजाउनु नरुनु आमा । छोरा तिमीलाई धेरै पढाउने मन र ठूलो मान्छे बनाउने मन थियो छोरा सकिनँ । तिमी जसरी भएपनि ठूलो मान्छे बन्नु है ।

    म नभए तापनि मेरो आशीर्वाद सधैँ तिमीसित हुनेछ । बैनी हर्ष आमालाई गालि नगर्नु ।आमा बाँच्दासम्म मेरो कमि हुन नदिनु । मेरो गीत जहाँ छ जति छ बजारमा ल्याइदिनु जसले भए पनि । र म थाकेँ धेरै थाकेँ अब म बाँच्न सक्दिनँ यो दुनियाँ धेरै स्वार्थी छ र म आफ्नो ईच्छाले यो कदम उचालेकी छु । र कसैलाई दोष छैन । र कसैले खोजी नीति पनि नगर्नु र मलाई पोष्टमार्टम पनि नगर्नु । म शीत पैसा छैन । म शीत थोरै सुन छ ।

    त्यो सुन बेचेर पैसा मेरो छोरालाई दिनु । घरबेटीहरुलाई कसैले केही नगर्नु र अरसलाई पनि कसैले केही नगर्नु र मेरो लाश जसरी हुन्छ घरसम्म पुर्याइदिनु अप्ठ्यारोमा मेरो छोरालाई हेर्दिनु । छोरा चिन्ता नगर्नु है यही सम्झिनु मेरो आमा सानैमा मरेको हो भनेर मन बुजाउनु सबैले मलाई कायर भन्नुहुन्छ होला र मलाई बाँच्न अति गाह्रो भयो । कतिबेला के हुन्छ थाहा छैन मेरो जीवन ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology