Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

तीन बालिकालाई बलात्कार गरेको आरोपमा लमजुङ क्व्होलासोंथरका ४३ वर्षीय गुरुङ प्रकाउ

तीन बालिकालाई बलात्कार गरेको आरोपमा लमजुङ क्व्होलासोंथरका ४३ वर्षीय गुरुङ प्रकाउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २०, २०७७ शनिवार • २१:१६:३४ बजे
  • 4.5K
    SHARES
  • तीन बालिकालाई बलात्कार गरेको आरोपमा लमजुङ क्व्होलासोंथरका ४३ वर्षीय गुरुङ प्रकाउ
    तीन बालिकालाई बलात्कार गरेको आरोपमा क्व्होलासोंथर गाउँपालिका–३ बगुमका ४३ वर्षीय नन्दमान गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । 

    गुरुङले ११/११ वर्षीय दुईजना र नौ वर्षीया एक बालिकालाई कोही नबस्ने गरेको एक घरमा लगेर जबर्जस्ती करणी गरेको अभियोग प्रहरीले शुक्रबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले बताए । 

    उनले भने, 'गुरुङले गत ६ गते तीन जनालाई एकै ठाउँमा बोलाएर ललाईफकाई गरी जबर्जस्ती करणी गरेको र शुक्रबार परिवारको लिखित उजुरीका आधारमा सोही दिन पक्राउ गरिएको हो ।' सोभन्दा अघि पनि ती बालिकामाथि पटकपटक जबर्जस्ती करणी गर्ने गरेको र परिवारलाई बालिकाले शुक्रबारमात्र जानकारी गराएपछि थाहा भएको प्रहरीले जनाएको छ ।

    पक्राउ गरेलगत्तै आरोपित गुरुङलाई जिल्ला अदालतमा लगेर २० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको  छ । एघार र नौ वर्षको बालिका एउटै  परिवारको रहेको प्रहरीले जनाएको छ ।





    मयूरपाटी टिभी पनि हेर्नुस् ।
     
    अनुसन्धान ठीकसँग भएको छ प्रहरी प्रशासन, हामीलाई न्याय चाहियो मृतकको परिवार (मयूरपाटी टिभी) 

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology