Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

उपचारका क्रममा गोरखा अस्पतालमा मृत्यु भएकी वृद्धामा कोरोना भाइरस संक्रमण पुष्टि

उपचारका क्रममा गोरखा अस्पतालमा मृत्यु भएकी वृद्धामा कोरोना भाइरस संक्रमण पुष्टि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २१, २०७७ आइतवार • १३:०९:२७ बजे
  • 1.6K
    SHARES
  • उपचारका क्रममा गोरखा अस्पतालमा मृत्यु भएकी वृद्धामा कोरोना भाइरस संक्रमण पुष्टि
    गोरखा अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी वृद्धामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गोरखा नगरपालिका–७ की ७५ वर्षीय वृद्धाका परिवारका तीन सदस्यमा कोरोना देखिएपछि उनको पनि स्वाव संकलन गरेर जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको थियो ।

    शुक्रबार उनको परिवारका सदस्यमा कोरोना देखिएपछि शनिवार बिहान महिलाको पनि स्वाब संकलन गरेर परीक्षणका लागि पठाएकोमा पोजेटिभ रिपोर्ट आएको जिल्ला अस्पताल गोरखाका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए ।उनलाई अचेत अवस्थामा शनिवार अस्पताल ल्याइएको थियो ।

    सोही दिन अस्पतालका डाक्टरले मृत घोषणा गरेको ढकालले जानकारी दिए । सूचना अधिकारी ढकालका अनुसार उनी मस्तिष्कघातकी बिरामी थिइन् ।उनको शव आइसियूमै रहेको उनले जानकारी दिएका छन् । शव व्यवस्थापनको तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले बताएका छन् ।

    118788674_182401286600990_1197676610557537085_o.jpg

  • सम्बन्धित विषय:

  • # कोरोना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology