कोरोना कहर पछी जापानको सेन्दाई शहरमा उच्च शिक्षा अध्ययन गर्न आएका नेपाली बिधार्थीहरुलाई एनआरएनए क्षेत्रिय समिती सेन्दाईले सहयोग अभियान संचालन गरेको छ।

जापान प्रबेश गरेको लामो समय भए पनि बिभिन्न कारणले काम नपाएर दैनिक चलाऊन समेत समस्यामा परेका नेपाली बिधार्थीहरुलाईएनआरएनए सेन्दाईले NPO कर्पोरेसन नामक जापानीज संस्थाको सहयोगमा स्कुलमै पुगी राहत स्वरुप चामल बितरण गरेर सहयोग अभियानको सुरुवात गरिएको एनआरएनए सेन्दाईका अध्यक्ष हरी गोपाल श्रेष्ठले बताएका छन।
एकै पटक धेरै बिधार्थी आउॅदा शुरुमा भाषामा समस्या लगाएतका कारण
थुप्रै बिधार्थी अझै सम्म पनि काम नपाएको र दैनिकी चलाऊन समेत समस्याभएको खबर चौतर्फी आए पछी एनआरएनएको पहलमा राहत स्वरुप झण्डै १००० केजी चामाल संकलन गरिएको र उक्त चामालसमस्यामा परेका बिधार्थीहरुलाई बॅाड्न शुरु गरीएको र उक्त सहयोग अभियान सफल बनाऊनका लागी सम्पुर्ण नेपाली समुदाय प्रति अनुरोध समेत गरेको श्रेष्ठले बताए।
स्मरण रहोस एनआरएनए सेन्दाईले यस अघी कोरोना कहरका कारण समस्यामा परेका तथा बिभिन्न कारण समस्या या दुर्घटनामा परेराज्यान गुमाएका नेपालीहरुका लागी उद्दार,राहत स्वरुप बिभिन्न कार्य गर्दै आएको छ।
यसै बिच श्रेष्ठले समस्यामा परेका नेपाली बिधार्थीलाई एनआरएनए सेन्दाइको सम्पर्कमा आई सहयोग लिईदिनका लागी अनुरोध समेत गरेका छन।