Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

म्याग्दीमा भिर बाट लडेर एक यूवाको मृत्यु

म्याग्दीमा भिर बाट लडेर एक यूवाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १२, २०७७ शुक्रवार • १९:१९:३७ बजे
  • 5.9K
    SHARES
  • म्याग्दीमा भिर बाट लडेर एक यूवाको मृत्यु

    म्याग्दीको मंगला गाउँपालिका–२ तल्लो डडुवामा भिरबाट लडेर एक यूवाको मृत्यु भएको छ । अरिङ्गालको गोलो खोज्दै हिडेका बेनीनगरपालिका–४ सिंगाका १८ बर्षिय अर्जुन श्रेष्ठको भिरबाट लडेर मृत्यु भएको स्थानीयले बताएका छन् ।

    images

    अरिङ्गालको गोलो खोज्दै हिडेका श्रेष्ठ सहितका पाँचजनाले एक ठाउँमा पोलो मात्रै भेटेपछि अर्को ठाउँमा जाने क्रममा मृत्यु भएको एकप्रत्यक्षदर्शीले बेनीअनलाइनलाई जानकारी दिए । भिरबाट चिप्लिएर लडेका श्रेष्ठको घटनास्थलमै मृत्यु भएको घटनास्थलमा पुगेकाप्रहरी निरिक्षक धुब्रप्रसाद शर्माले बताए ।

    टोलीमा गएका अरु सुरक्षित छन्,‘थप अनुसन्धान भइरहेको छ’ शर्माले भने । अरिङ्गाल खोल्दै हिड्नेमा १० देखि १५ बर्षका चारजनारहेका छन् । पछिल्लो समय भिरपाखोमा जोखिम मोलेर अरिङ्गाल खोज्दै जानको संख्या ह्वात्तै बढेको छ ।

    स्रोत बेनीअनलाईन

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology