Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कन्ट्रयाक ट्रेसिङका आधारमा पोखरामा ३१ सहित गण्डकी प्रदेश भरी ६७ जनामा कोरोना पुष्टी

कन्ट्रयाक ट्रेसिङका आधारमा पोखरामा ३१ सहित गण्डकी प्रदेश भरी ६७ जनामा कोरोना पुष्टी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र २२, २०७७ सोमवार • १०:०९:२२ बजे
  • 1.6K
    SHARES
  • कन्ट्रयाक ट्रेसिङका आधारमा पोखरामा ३१ सहित गण्डकी प्रदेश भरी  ६७  जनामा कोरोना पुष्टी
    आश तमु पोखरा - गण्डकी प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या दिनहुँ बढ्दो क्रममा रहेको छ ।

    सोमबार बिहान स्वास्थ्य निर्देशानलय गण्डकी प्रदेशले जारी गरेको विज्ञप्तीमा पोखरामहानगरपालिकामा ३१,नवलपरासी (ब.सु.पू.) मा १५ ,गोरखामा १८ र तनहुँमा ३ जना गरी ६७ जनामा कोरोना पुष्टी भएको हो ।

    क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा पोखरा महानगरपालिका भित्रका संक्रमितमा २५ जना पोखरा फूड्स प्रा।लि।मा कार्यरत १७ महिला र ८ जना पुरुष रहेका छन ।

    पृथ्वीचोकमा रहेको पश्चिमान्चल सामुदायिक अस्पतालमा कार्यरत ४ जना मध्ये २६ र २३ बर्षका २ जना महिला स्वास्थ्यकर्मी (स्टाफनर्स)रहेका छन भने ३६ र २७ बर्षका २ जना महिला सहयोगी कर्मचारी हुन ।

    मेडिप्लस अस्पतालमा उपचाररथ दुई जना एक महिला र पुरुषमा पनि कोरोना पुष्टी भएको हो ।

    यसै गरी नवलपरासी (.सु.पू.) जिल्ला, देबचुली-१२ का ४० बर्षीय पुरुष स्वास्थ्यकर्मी हुन |

    गण्डकी प्रदेशमा थप भएका नयाँ ६७ जना संक्रमित सबै कन्ट्रयाक ट्रेसिङका आधारमा पत्ता लागेका हुन् ।सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको निर्देशानलयले जनाएको छ|

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology