Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तनहुँ ऋषिङमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

तनहुँ ऋषिङमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २२, २०७७ सोमवार • १४:२६:५६ बजे
  • 1.8K
    SHARES
  • तनहुँ ऋषिङमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु
    तनहुँ ऋषिङमा बोलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन। मृत्यु हुनेमा ब्यास-५ चापाघाट बस्ने बर्ष ५५ का राजकुमार श्रेष्ठ रहेका छन् । चालक ३२ वर्षीय होमबहादुर श्रेष्ठ भने गम्भीर घाइते भएका छन् ।

    दमौलीबाट ऋषिङगाँपालिका-१ खाल्टे देउली खोला भन्ने स्थानमा सोमबार विहान १०:३० वजेको समयमा ग१ ज ७१२८ नम्बरको बोलेरो जिप आफै अनियन्त्रित भइ सडकबाट ७० फिट तल खोल्सामा खस्दा उक्त जीपमा सवार चालकसहित ८ जना घाइते भएका हुन ।

    घाइते भएका उनीहरूको जिल्लास्थित रत्तहरि अस्पताल, समाधान अस्पताल र जिल्ला अस्पताल दमौलीमा उपचार भइरहेको छ भने घाइतेमध्ये ५१ वर्षीय रामकुमार श्रेष्ठ र ३४ वर्षीया संगीता श्रेष्ठलाई थप उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेजमा पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी प्रसनि मेघनाथ पौडेलले जानकारी दिए।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology