कुवेतमा मोरङका नर बहादुर बिष्टको निधन भएको छ ।
वैदेशिक रोजगारका लागि कुवेत आएका ५२ वर्षीय नर बहादुर बिष्टको हृदयघातका कारण निधन भएको हो ।
मोरङ, नेताचोक घर भएका भोजपुर जिल्ला प्रशासन बाट जारी भएको राहदानी वाहक (०९२५८३०५) नर बहादुर बिष्टको १७ जुलाई २०२२ का दिन कोठामा सुतेकै अवस्थामा निधन भएको चन्द्र पाईजा मगरले मयूरपाटीलाई जानकारी दिएका छन । मृतक कुवेतको एसटिएसजी कम्पनीमा कार्यरत थिए ।मृतक कुवेतमा कार्यरत रहेको लगभग ११ वर्ष भएको थियो ।
कुवेतस्थित नेपाली दूतावास कुवेतका द्वितीय सचिव श्रीकृष्ण शिलवालका अनुसार 'मृतकको प्रारम्भिक जानकारी नेपाली दूतावासमा प्राप्त भईसकेको छ । मृतकको पोस्टमार्टम रिपोर्टमा हृदयघातका कारण निधन भएको जनाएको छ ।
मृतको शव स्वदेश पठाउनका लागि कानूनी प्रक्रियाका काम भईरहेको छ । कानूनी प्रक्रियाका काम पूरा भएपछि मृतकको शव जतिसक्दो छिटो नेपाल पठाउने तयारी भइरहेको छ '।