कैलालीको कञ्चनपुरमा १६ बर्षकी किशोरीले आफूमाथि सामूहिक बलात्कार भएको भन्दै प्रहरीमा उजुरी र्दता गराएकी छिन् । उनले आफुलाइ पाचँ दिनसम्म बन्धक बनाएर सामूहिक बला त्कार गरेको भन्दै उनले इलाका प्रहरी कार्यालय बेल्डाँडीमा उजुरी दर्ता गराएकी हुन् ।
किशोरी बेल्डाडी गाउँपालिकामा ५ मामाको घरमा बस्दै आइरहेकी थिइन् । उनी भदौ १४ गते देखि बेपत्ता भएकी थिइन् ।
उनका मामाले भाञ्जी हराएको भन्दै प्रहरीलाई उजुरी दिएपछि प्रहरीले किशोरीलाइ भदौ १९ गते गाउँपालिकाको वडा नं. १२ आरा मिल नजिक प्रहरीले फेला पारेको थियो ।
तर, घटनाको केही दिनपछि किशोरीले आफूमाथि सामूहिक बला त्कार भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन् । ‘४ जना युवाले बला त्कार गरेको भन्दै ठाडो उजुरी परेको छ’ प्रहरी स्रोतले भन्यो ।
५ दिनसम्म लागू औषध खुवाएर बन्धक बनाएर बलात्कार गरेको उजुरीमा किशोरीले उल्लेख गरेकी छन् ।
प्रहरीकै दबाबमा किशोरीले पहिलो दिन घटनाबारे नबताएको आरोप लागेको छ । आ’रोपित प्रहरीमाथि समेत कारबाही प्रक्रिया सुरु भइसकेको छ ।’ बलात्कार गरेको आराप लागेका ४ जना अहिले फरार रहेकाछन् ।