Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

रुकुम नरसंहारयुक्त घटनाको विरोधमा सत्तासिनदल निकट दलित मुक्ति संगठन एक महिनापछि आन्दोलनमा

रुकुम नरसंहारयुक्त घटनाको विरोधमा सत्तासिनदल निकट दलित मुक्ति संगठन एक महिनापछि आन्दोलनमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १२, २०७७ शुक्रवार • २२:५४:४७ बजे
  • 2.1K
    SHARES
  • रुकुम नरसंहारयुक्त घटनाको विरोधमा सत्तासिनदल निकट दलित मुक्ति संगठन एक महिनापछि आन्दोलनमा

    मयूरपाटी — अन्तरजातीय प्रेम विवाहको निहुँमा सामुहिक र सुनियोजित ढंगबाट नरसंहारयुक्त घटनाको सडक विरोधमा सत्तासिन दलको निकट नेपाल दलित मुक्ति संगठन एक महिनापछि आन्दोलनमा उत्रिएको छ । जातको आधारमा भएको नरसंहारयुक्त घटनाको चौतर्फी विरोध गदै देश तथा विदेशबाट समेत विरोध गरिरहेका बेला घटना भएको एक महिनापछि सत्तासिन दलको निकट नेपाल दलित मुक्ति संगठन सडक आन्दोलनमा उत्रिएको हो । साना दल निकट र नागरिका सामाज र प्रतिपक्ष दल नेपाली कांग्रेस लगायतको संयुक्त राजनीतिक दलित संघर्ष समितिको ब्यानरमा एक महिनादेखि घटनाको विरोधमा उत्रिएका छन् ।

    images

    संयुक्त ब्यानरमा सडक संघर्षमा जुट्न नसकेको भातृसंगठनहरुले छुटाछुटै विरोधका कार्यक्रम सार्वजनिक गरी सडक संघर्ष उत्रिएका हुन् । जातका निहुँमा भएको यो क्रुरु मानवताविरोधी अपराधको देश तथा विदेशबाट दोषीहरुलाई हदैसम्म कारबाहीको माग गदै विरोधगदै देशव्यापी आन्दोलनमा भइरहेको छ । सत्तासिन दलको निकट नेपाल दलित मुक्ति संगठनले घटनाका दोषीहरुलाई हदैसम्म कारबाहीको माग गदै रुकुम, रुपन्देही र धनुषा लगायतका जिल्लामा दलितमाथि भएको हत्या र विभेदका विरुद्ध काठमाडौंको बबरमहलदेखि नयाँ बानेश्वरसम्म र्याली गरी कोणसभा गरेका छन् ।

    नेपाल दलित मुक्ति संगठन वागमति प्रदेश कमिटिको ब्यानरमा संगठनका केन्दीय सहसंयोजक बोमबहादुर विश्वकर्मासहित पूर्वमन्त्रीहरु दलजीत श्रीपाईली, जीतु गौतम र संगठनका नेता गणेश विश्वकर्मा कोणसभालाई सम्बोधन गरेका थिए । कोणसभा बोल्दै उनीहरुले जातीय निहुँमा सामुहिक र सुनियोजि रुपमा विभत्स हत्याका दोषीहरलाई हदैसम्म कारबाही हुनु पर्ने माग गरे ।

    दलितअनलाइन 

  • सम्बन्धित विषय:

  • # जातिय बिभेद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology