Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरामा वडा प्रहरी कार्यालय रामबजारमा कार्यरत १ प्रहरी सहित दुई जनालाई कोरोना पुष्टी

पोखरामा वडा प्रहरी कार्यालय रामबजारमा कार्यरत १ प्रहरी सहित दुई जनालाई कोरोना पुष्टी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र २४, २०७७ बुधवार • १२:४३:१० बजे
  • 3.4K
    SHARES
  • पोखरामा वडा प्रहरी कार्यालय रामबजारमा कार्यरत १ प्रहरी सहित दुई जनालाई कोरोना पुष्टी
    आश तमु पोखरा - गण्डकीमा बुधबार बिहान ४ जिल्लाका ७ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

    स्वास्थ्य निर्देशनालय गण्डकीले बुधबार बिहान जारी बिज्ञप्तीमा कास्कीको पोखरा महानगरका २ जना सहित गण्डकी प्रदेशका ४ जिल्लाका ७ जनामा कोरोना भाइरस पुष्टी भएको जनाएको हो ।

    निर्देशनालयका अनुसार पोखरामा संक्रमण पुष्टि हुनेमा पोखरा १० का ४० वर्षीय पुरुष र पोखरा १५ का ४० वर्षीय पुरुष रहेका छन् । पोखरा १५ का पुरुष प्रहरी हुन् । उनी वडा प्रहरी कार्यालय रामबजार पोखरामा कार्यरत रहेका छन् । आज बिहान पनि पोखराका ९ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

    त्यसैगरी तनहुँ देवघाटका ४० वर्षका पुरुष र लमजुङ बेसीसहर की ४६ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ७९ पुगेको छ ।
    118875646_183106196530499_7023962305657517994_o.jpg

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology