Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पश्चिम नवलपरासीमा ७ प्रहरीसहित एकै दिन ४० जनामा कोरोना संक्रमण

पश्चिम नवलपरासीमा ७ प्रहरीसहित एकै दिन ४० जनामा कोरोना संक्रमण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २४, २०७७ बुधवार • १३:०१:५९ बजे
  • 925
    SHARES
  • पश्चिम नवलपरासीमा ७ प्रहरीसहित एकै दिन ४० जनामा कोरोना संक्रमण
    पश्चिम नवलपरासीमा ७ प्रहरीसहित एकै दिन ४० जनामा कोरोना संक्रमण देखिएको छ।

    संक्रमण देखिएका प्रहरीमा सुनवल नगरपालिकास्थित प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहाका रहेका छन्। नगरपालिकाका वडाअध्यक्ष, सोही नगरपालिकामा बस्ने जिल्ला स्तरीय नेता र मुटु अस्तपतालमा उपचारका लागि गएका बिरामीहरुको सम्पर्कमा आएका व्यक्तिहरुलाई गरिएको कन्ट्याक्ट ट्रेसिङका क्रममा कोरोना संक्रमण देखिएको नगर प्रमुख भीमबहादुर थापाले बताए।

    एकै दिन थपिएका अन्य १३ जनामा पाल्हीनन्दन गाउँपालिकामा ११ र रामग्राम नगरपालिकामा २ जना छन्। हालसम्म जिल्लामा संक्रमित हुनेको संख्या ३ सय १२ जना पुगेको छ। ५ सय ४९ को रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

    बुधबार संक्रमण देखिएकामा सबैभन्दा बढी सुनवल नगरपालिकामा ४ वर्षीय बालकसहित २७ जना रहेको जिल्ला स्वास्थ्य प्रमुख गौरब ढकालले जानकारी दिए।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology