Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

उपत्यकामा निषेधाज्ञा केही खुकुलो पार्ने निर्णय गरेसँगै उपत्यकाका सबै पसल खुल्ने भए

उपत्यकामा निषेधाज्ञा केही खुकुलो पार्ने निर्णय गरेसँगै उपत्यकाका सबै पसल खुल्ने भए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २४, २०७७ बुधवार • २१:०१:२० बजे
  • 3.8K
    SHARES
  • उपत्यकामा निषेधाज्ञा केही खुकुलो पार्ने निर्णय गरेसँगै उपत्यकाका सबै पसल खुल्ने भए

    भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)ले उपत्यकामा निषेधाज्ञा केही खुकुलो पार्ने निर्णय गरेसँगै उपत्यकाका सबै पसल खुल्ने भएका छन् ।

    images

    गृहमन्त्रालयसँगको परामर्शमा तीनै सीडीओ कार्यालयले जारी गरेकाे नयाँ आदेश अनुसार बिहीबारदेखि सवारी साधन जोर–बिजोर प्रणालीका आधारमा सञ्चालन हुने र स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर उद्योग र खलकारखाना खोल्न पाइने भएकाे छ।सार्वजनिक सवारीको सवालमा भने १६ सिटभन्दा बढी क्षमता भएकाले थोरै यात्रु राखेर चलाउनु पर्नेछ ।

    ट्याक्सीको हकमा चालकसहित ३ जनासम्म चलाउन पाइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले जारी गरेको आदेशमा उल्लेख गरिएको छ ।

    आदेशअनुसार अब तरकारी, दुध तथा खाद्यवस्तुका पसलहरु बिहान ११ बजेसम्म र बेलुकी ५ देखि ७ बजेसम्म खोल्न पाइने व्यवस्था गरिएको छ । यो आदेशमा काठमाडौंमा विभिन्न किसिमका पसलहरु कुन बार खोल्न पाइने भन्ने उल्लेख गरिएको छ । सपिङ मल, फेन्सी, जुत्ता, कस्मेटिकका पसलहरु स्वास्थ्य मापदण्ड अपनाइ सातामा सोमबार, बुधबार र शनिबारमात्र खोल्न पाइने निर्णय प्रशासनले गरेको छ । यस्तै, भाडा र भान्साका सामाग्रीका पसल आइतबार मंगलबार र शुक्रबार खोल्न पाइनेछ । यस्तै, फर्निचर र अटोबाइलका पसल सोमबार र बुधबारमात्रै खोल्न पाइनेछ ।

    यसैगरी फुटपाथ, ठेला, स्टेसनरी, इलेक्ट्रिक्सका पसल र डिपार्टमेन्टल स्टोरहरु बिहान ११ बजेसम्म र बेलुकी ४ देखि ७ बजेसम्म खोल्न पाइने आदेश गरिएको छ । प्रशासनले यी निर्णयहरु भदौ ३१ गते मध्यरातिसम्म लागू हुने पनि जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology