Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पछिल्लो समय जबर्जस्ती करणीका घटना वृद्धि

पछिल्लो समय जबर्जस्ती करणीका घटना वृद्धि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १३, २०७७ शनिवार • ०८:३६:४४ बजे
  • 1.1K
    SHARES
  • पछिल्लो समय जबर्जस्ती करणीका घटना वृद्धि

    भोजपुरमा पछिल्लो समय जबर्जस्ती करणीका घटना वृद्धि भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले दिएको तथ्याङ्कअनुसार दर्ता भएका कूल मुद्दामध्ये ७० प्रतिशतभन्दा बढी बलात्कारका घटनाको मुद्दा रहेका छन् । यस आर्थिक वर्षमा जिल्ला सरकारी वकिल कार्यालयमा आएका फौजदारी र जिल्ला प्रशासनबाट आएका १५२ वटा मुद्दामध्ये ७० प्रतिशत जबर्जस्ती करणीसम्बन्धी रहेको कार्यालयले जनाएको छ । साङ्गठनिक अपराधका मुद्दा केही बढेको भए पनि सम्बन्धविच्छेदका मुद्दामा भने यस वर्ष कमी देखिएको निमित्त जिल्ला न्यायाधिवक्ता प्रमोद भट्टराईले जानकारी दिए ।

    images

    कार्यालयले स्थानीयस्तरसम्म पुगेर विद्यामान कानूनमा भएको व्यवस्थाको विषयमा जानकारी दिएसँगै उजुरी दिनेको सङ्ख्या वृद्धि भएको उनको भनाइ छ । भट्टराईले भने, ‘कार्यालयमा आएका मुद्दामध्ये ७० प्रतिशत मुद्दा जबर्जस्ती करणीका मुद्दा रहेका छन, गत वर्षको तुलनामा बहुविवाहका मुद्दामा भने कमी आएको छ, विशेष गरेर हामीले स्थानीयस्तरसम्मका पुगेर कानूनी प्रावधानको विषयमा जानकारी दिएको कारण न्याय खोज्दैको आउनेको सङ्ख्या वृद्धि भएको देखिन्छ ।’

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology