Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गण्डकी प्रदेशमा थप १७ जनालाई कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप १७ जनालाई कोरोना संक्रमण पुष्टि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र २६, २०७७ शुक्रवार • १०:२९:५६ बजे
  • 970
    SHARES
  • गण्डकी प्रदेशमा थप १७ जनालाई कोरोना  संक्रमण पुष्टि
    पोखरा - गण्डकी प्रदेशमा थप १७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा पोखरा महानगरपालिका वडा नम्बर १० की २६ वर्षीय महिला र पोखरा १ का ६३ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

    यस्तै तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नम्बर ५ का १ तथा स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर १ का ४० वर्षीय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोही नगरपालिकाका थप १ जनालाई समेत संक्रमण भए पनि उनी कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।

     क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा नवलपरासी (ब।सु।पू) का थप १२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये जिल्लाको कावासोती १६ का १ जना पुरुष छन् भने गैडाकोटका ११ जना रहेका छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology