आश तमु - पोखरा थप १० जना सहित गण्डकी प्रदेशमा १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य निर्देशानलय गण्डकी प्रदेशले बिहान जारी गरेको दोस्रो विज्ञप्तीमा कास्की जिल्ला, पोखरा महानगरपालिका,MCH का ३२ बर्षीय पुरुष मेट्रोसिटी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र उपचारको लागि सोहि अस्पतालमा आएका ३५ बर्षीय महिला ,पोखरा ७ का २५ र ३४ वर्षका २ पुरुष, पोखरा १७ का ३६ वर्षीय पुरुष, पोखरा २६ का ३६ र ५० वर्षीया २ महिला , २७ का २१ र २२ वर्षका २ पुरुष तथा पोखरा ३० का ४९ वर्षीय पुरुषमा कोरोना देखिएको हो ।
त्यसैगरी लमजुङ बेशीसहर स्थित सामुदायिक अस्पतालमा कार्यरत २३ वर्षीया स्वास्थ्यकर्मी महिला, बेशीसहरका २ वर्षीया बालिका र २९ वर्षीया महिला तथा २३ र ५१ वर्षका पुरुष तथा पर्वत कुश्मामा २३ र ६८ वर्षका २ पुरुषमा कोरोना देखिएको निर्देशनालयले जनाएको छ ।
यस अघि बिहान मात्रै पनी गण्डकीमा १७ जनामा कोरोना पुष्टी भएको थियो । जसमा कास्कीका दुई , तनहुँमा एक स्याङ्जा दुई ,नवलपरासी पुर्वमा १२ संक्रमित थपिएका थिए ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ७ सय ६४ पुगेको छ ।