Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कास्की जिल्लाभर आह्वान गरिएको निषेधाज्ञा केही खुकुलो,सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय

कास्की जिल्लाभर आह्वान गरिएको निषेधाज्ञा केही खुकुलो,सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र २७, २०७७ शनिवार • १०:२३:११ बजे
  • 997
    SHARES
  • कास्की जिल्लाभर आह्वान गरिएको निषेधाज्ञा केही खुकुलो,सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय
    पोखरा-  कास्की जिल्लाभर आह्वान गरिएको निषेधाज्ञा केही खुकुलो हुने भएको छ ।

    जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसी)को आज बसेको बैठकले भदौ २७ गते राति १२ बजेपछि जिल्लामा सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको हो । यसअघि जारी गरिएको जोर विजोरको आदेश समेत हटाइएको छ ।

    जिल्लाभर यात्रुबाहक सवारी साधनहरु स्वास्थ्य तथा सुरक्षाका मापदण्ड अनुसार भौतिक दूरी कायम हुने गरी एक लहरमा एक जना(कुल सिट क्षमतामा आधा भन्दा बढी नबढ्ने)मात्र बस्ने व्यवस्था गरी विहान ६ बजेदखी साँझ ८ बजेसम्म सञ्चालन गर्न सकिने निर्णय गरी कार्यान्वयनका लागि जिल्ला प्रशासनलाई सिफारिस गरिएको जिल्ला समन्वय समितिका प्रमुख वैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए ।

    प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालको अध्यक्षतामा बसेको डिसिसिएमसी बैठकले शैक्षिक संस्था, प्रशिक्षण, मेला, सभा, सम्मेलन तथा खेलकूदका कार्यक्रमहरु भने आगामी असोज ६ गते राति १२ बजेसम्मनै सञ्चालनमा रोक लगाएको छ ।

  • सम्बन्धित विषय:

  • # निषेधाज्ञा
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology