तोहोकु नेपलिज ब्रर्दश सेन्दाईको आयोजनमा बिजय दशमी तथा शुभ दिपावलीको अबसरमा शुभकामना आदान प्रदान सहित बिशेषसांगीतिक कार्यक्रम सम्पन्न भएको छ।
जापानको सेन्दाई शहरमा क्रियाशिल बिभिन्न सामजिक संघ संस्थाहरु एनआरएनए,जन सम्पर्क समिती तोहोकु,जन प्रगतिशिल मन्च सेन्दाई,प्रबासी नेपाली मन्च सेन्दाई,सुदुरपश्चिम समाज सेन्दाई लगाएतका आधा दर्जन संघ संस्थाहरुको सहयोगमा सम्पन्न उक्तकार्यक्रमको प्रमुख अतिथी गैर आबसिय नेपाली संघ जापानका कार्यबाहक अध्यक्ष नविन न्युरे,ले नेपाली समुदायको यस्ता खाले सिर्जनशिल कार्यहरुले जापानमा पनि नेपालीहरुको राम्रो छबि स्थापित हुने भन्दै हरेक नेपाली समुदायहरुले गरेको सिर्जन शिलकार्यहरुमा एनआरएनए जापानले सहयोग गर्ने र यस्का लागी सबैले एनआरएनए जस्तो साझा संस्थाहरुलाई सबैको सहयोग आबश्यकरहेको धारणा ब्यक्त गर्नु भएको थियो।यसै गरी बिशिष्ट अतिथी npo सेन्दाईका डाईरेक्टर ईनोतिनोपान ओतो ले नेपाली समुदायको रक्तदान देखी अफ्ठ्यारोमा परेका एक अर्कालाई सहयोग गर्ने ब्यबहारले आफ्नो संस्थाले नेपाली नब आगन्तुक बिधार्थीहरुका लागी ३ हजार केजी चामल प्रदान गरेको र आगमी दिनमा अझै सहयोग गर्ने प्रतिबद्दता जनाउनु भएको थियो।
तोहोकु नेपलिज ब्रर्दशको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा बिशिष्ट अतिथीका रुपमा गैर आबसिय नेपाली संघ जापानका सहकोषाध्यक्ष दिपक सुनार, एनआरएनए क्षेत्रिय समितीको उपसंयोजक सन्दिप जिसी, जन सम्पर्क समिती तोहोकुका अध्यक्ष आशिष गुरुंग,प्रबासी नेपाली मन्च सेन्दाइका अध्यक्ष अनिल गिरी,नेपाली एकता समाज जापानका सल्लाहकार धनबहादुर बि क रक्तिमा अभियानका संयोजक लिला परियार,सुदुरपश्चिम समाजका अध्यक्ष भरत बम लगाएतको उपस्थिती रहेको संस्थाका अध्यक्ष हरी गोपाल श्रेष्ठले जानकारी दिनु भएको छ।
कार्यक्रममा बिभिन्न स्थानिय कलाकारको साथमा पछिल्लो युवा पुस्ताको सर्बप्रिय र्यापार समिर घिसिंग(भिटेन) र डिजे नानी को समुहलेलाईभ कन्सर्टको माध्यमबाट दर्शकलाई भरपुर मनोरन्जन दिएका उक्त कार्यक्रमको अध्यक्षता अध्यक्ष हरी गोपाल श्रेष्ठ,स्वागत मन्तब्य उपाध्यक्ष तेज दाहाल र सदस्य प्रकाश बिश्वकर्माको संचालनमा सम्पन्न भएको थियो।