Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

काेराेना संक्रमणका कारण गण्डकी प्रदेशका थप ३ जनाकाे मृत्यु

काेराेना संक्रमणका कारण गण्डकी प्रदेशका थप ३ जनाकाे मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र २८, २०७७ आइतवार • १२:४१:०२ बजे
  • 901
    SHARES
  • काेराेना संक्रमणका कारण गण्डकी प्रदेशका थप ३ जनाकाे मृत्यु
    काेराेना संक्रमणका कारण गण्डकी प्रदेशका थप ३ जनाकाे मृत्यु भएकाे छ । याेसँगै गण्डकीका २७ जनाकाे काेराेनाका कारण मृत्यु भएकाे छ ।

    प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार ३ जनाकै मृत्यु काठमाडाैंका विभिन्न अस्पतालमा भएकाे हाे ।

    तनहुँकाे आबुखैरेनी गाउँपालिका ४ निवासी ७६ वर्षीया महिलाकाे मनमाेहन कार्डियाे भास्कुलर उपचार केन्द्र शिक्षण अस्पतालमा भदाै २४ गते मृत्यु भएकाे हाे । उनलाई मुटुसम्बन्धी समस्या थियाे ।

    यसैगरी गाेरखाकाे भीमसेन थापा ३ का ४५ वर्षे पुरुषकाे पनि टिचिङ अस्पतालमा भदाै २७ गते मृत्यु भएकाे हाे । भदाै २३ गते काेराेना पुष्टि भएका उनमा मृगाैलासम्बन्धी समस्या थियाे ।

    कास्कीकाे मादी ४ घर भएर काठमाडाै‌ं नयाँबजार बस्ने ५१ वर्षे पुरुषकाे सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा भदाै २७ गते निधन भएकाे छ । उनमा काेराेना भएकाे २४ पुष्टि भएकाे थियाे । उनलाई क्यान्सर र हाइपाेथाइरािजमकाे समस्या थियाे ।

    काेराेना संक्रमितकाे मृत्यु जहाँ भए पनि स्वास्थ्य मन्त्रालयले रेकर्ड राख्दा जुन प्रदेशकाे ठेगाना हाे त्यही अनुसार राख्ने गरेकाे छ ।
    death gandaki.jpg

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology