Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सिन्धुपाल्चोक पहिरो : सात जनाको शव फेला

सिन्धुपाल्चोक पहिरो : सात जनाको शव फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र २८, २०७७ आइतवार • १३:००:०१ बजे
  • 1.7K
    SHARES
  • सिन्धुपाल्चोक पहिरो :  सात जनाको शव फेला
    बाह्रबीसे नगरपालिका–७ मा दुइटा बस्ती बगाउने गरी शनिबार राति खसेको पहिरोमा बेपत्तामध्ये अहिलेसम्म सात जनाको शव फेला परेको छ ।

    अझै २४ जना बेपत्ता छन् । अविरल वर्षासँगै आएको पहिरोले बस्ती पुरिँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी प्रकाश सापकोटाले जानकारी दिए। राति तीन बजेतिर बस्तीमाथिको घट्टे खोला उर्लिंदा खसेको पहिरोमा भिरखर्कका १० र नागपुजे गाउँका सात घर पुरिएका छन् ।


    पहिरोमा भक्तिमाया श्रेष्ठ, जुनु बिक, शुकलाल बिक,सन्देश बिक, सर्किनी नेवार, धनलाल नेवार र ट्याक्सी शेर्पाको शव फेला परेको डीएसपी सापकोटाले बताए।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology