Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

होम आइसोलेसनमा बसेकी कोरोना सङ्क्रमित वृद्धाको मृत्यु

होम आइसोलेसनमा बसेकी कोरोना सङ्क्रमित वृद्धाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र २८, २०७७ आइतवार • १३:२०:०२ बजे
  • 1.4K
    SHARES
  • होम आइसोलेसनमा बसेकी कोरोना सङ्क्रमित वृद्धाको मृत्यु
    चितवन – जिल्लामा होम आइसोलेसनमा बसेकी एक कोरोना सङ्क्रमित वृद्धाको आइतबार बिहान मृत्यु भएको छ।

    भरतपुर महानगरपालिका–५ की ८५ वर्षीया वृद्धाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङले जानकारी दिए। उनको आज बिहान ६ बजे मृत्यु भएको हो ।

    दीर्घ रोगी उनको भदौ ११ गते नमूना सङ्कलन गरिएको थियो । भदौ १५ कोरोना सङ्क्रमण पुष्टि भएपछि उनी होम आइसोलेशनमा बसिरहेकी थिइन् ।

    यसअघि खैरहनी नगरपालिकामा १०८ वर्षीया वृद्धाको घरमै मृत्यु भएपछि कोरोना पुष्टि भएको थियो ।

    यससँगै जिल्लाका कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । बाहिरी जिल्लाका सहित यहाँ उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या भने २७ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।रासस

  • सम्बन्धित विषय:

  • # कोरोना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology