Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

स्थानीयले कार्यालयमै गई इन्स्पेक्टर सहितका प्रहरीमाथि कुटपिट

स्थानीयले कार्यालयमै गई इन्स्पेक्टर सहितका प्रहरीमाथि कुटपिट

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र २८, २०७७ आइतवार • १४:४७:०७ बजे
  • 895
    SHARES
  • स्थानीयले कार्यालयमै गई इन्स्पेक्टर सहितका प्रहरीमाथि कुटपिट
    कैलाली- कञ्चनपुरमा प्रहरीमाथि कार्यालयमै कुटपिट भएको छ। जुवाडेलाई पक्राउ गरेको विषयलाई लिएर स्थानीयले कार्यालयमै गई प्रहरीलाई कुटपिट गरेका हुन्।

    इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहितका प्रहरीमाथि कार्यालयमै कुटपिट भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख वरिष्ठ उपरीक्षक मुकेश सिंहले इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक वकिल बहादुर सिंहसहितका प्रहरी कर्मचारीमाथि कुटपिट भएको बताए। उनले घटनाको विषयमा छानबिन गर्न निर्देशन दिइएको समेत बताए।

    ‘तास खेलिरहेको अवस्थामा पुनर्वासका केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएको विषयमा वादविवाद भएको रहेछ। सोही क्रममा प्रहरीमाथि कुटपिट भएको भन्ने छ,’ वरिष्ठ प्रहरी उपरीक्षक सिंहले भने, ‘उक्त घटनाको छानबिन गर्न निर्देशन दिई सकेका छौं।’

    यस्तै आक्रोशित स्थानीयले इलाका प्रहरी कार्यालयमा ढुङ्गामुढा समेत गरेको प्रहरीले दाबी गरेको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology