Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ससुराली पुगेका ज्वाइको हत्या, ससुरा सहित ५ प्रकाउ

ससुराली पुगेका ज्वाइको हत्या, ससुरा सहित ५ प्रकाउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र २८, २०७७ आइतवार • १४:५२:५३ बजे
  • 1.7K
    SHARES
  • ससुराली पुगेका ज्वाइको हत्या, ससुरा सहित ५ प्रकाउ
    ज्वाइँ हत्याको अभियोगमा ससुरासहित ५ जना पक्राउ परेका छन्।

    नेपालगंज उपमहानगरपालिका-१७ परस्पुर बस्ने २३ वर्षीय शत्रुहन रैदासको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै ससुरा सोही उपमहानगरपालिका-२० नटनपुरुवा बस्ने नरेश चमारसहित ५ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ।

    श्रीमती लिन ससुराली पुगेका रैदासलाई ससुरा नरेशले शुक्रबार साँझ कुटपिट गरी कन्डाई वृक्ष नामक फल पानीमा घोली खुवाएपछि गम्भीर घाइते भएकोमा नर्सिंङहोम नेपालगंजमा उपचारको क्रममा उनको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

    घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

  • सम्बन्धित विषय:

  • # समाज
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology