Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

स्याङ्जा पुतलीबजार आहालेका केहरसिंह नेपाली बाघको हड्डी सहित पक्राउ

स्याङ्जा पुतलीबजार आहालेका केहरसिंह नेपाली बाघको हड्डी सहित पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र २८, २०७७ आइतवार • १८:०१:५२ बजे
  • 2.3K
    SHARES
  • स्याङ्जा पुतलीबजार आहालेका केहरसिंह नेपाली  बाघको हड्डी सहित  पक्राउ
    स्याङ्जा-  बाघको हड्डीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका–१३ आहालेका केहरसिंह नेपाली रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

    बाघको जस्तो देखिने हड्डी लुकाईछिपाई राखेको भन्ने सूचनाका आधारमा प्रहरी टोलीले नेपालीको घरमा खानतलासी गरेको थियो । खानतलासीका क्रममा घरको दोस्रो तलामा काठको ठेकीभित्र लुकाइराखेको बाघको जस्तो देखिने शरीर, टाउको, बङ्गारा, च्यापुसमेत साना तथा ठूला गरी जम्मा ८१ वटा हड्डी फेला परेकाले र ती हड्डीहरु बरामद गरी आइतबार डिभिजन वन कार्यालयमा आवश्यक कारबाहीका लागि पठाइएको प्रहरी प्रवक्ता समेत रहनुभएका अधिकारीले बताउनुभयो ।

  • सम्बन्धित विषय:

  • # बाघको हड्डी
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology