आश तमु पोखरा - पोखरा महानगरपलिकाका १७ जनामा सहित गण्डकी प्रदेशमा थप १९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार क्षयरोग उपचार केन्द्रमा पोखरामा गरिएको परीक्षणका क्रममा पोखरा महानगरपलिकाका १७ जनामा सहित बागलुङ जिल्लाका २ मा संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिकाका १७ संक्रमितमध्ये ७ जना नेपाल प्रहरीमा कार्यरत छन् । पोखरा महानगरपालिका २३ का पुरुष , १४ का पुरुष , १७ का पुरुष र ७ का ४४ वर्षिय पुरुष विदेशबाट आएर क्वारेन्टिनमा बसेका थिए । त्यस्तै पोखरा महानगरपालिका वडा नम्बर ८ कि २१ वर्षिय महिला महानगर अन्तर्गत स्वास्थ्य शाखा कर्मचारी हुन् । बागलुङ जिल्ला बडीगाड वडा १ र ५ का दुबै संक्रमित विदेशबाट आएर क्वारेन्टिन बसेका थिए । त्यस्तै संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।