Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

दोस्रो विज्ञप्ती : तनहुँमा ११ जना सहित गण्डकी प्रदेशमा थप २० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि

दोस्रो विज्ञप्ती : तनहुँमा ११ जना सहित गण्डकी प्रदेशमा थप २० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र २९, २०७७ सोमवार • १०:३५:५१ बजे
  • 853
    SHARES
  • दोस्रो विज्ञप्ती :  तनहुँमा  ११ जना सहित गण्डकी प्रदेशमा थप २० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि
    आश तमु पोखरा - तनहुँ ऋषिङ गाउँपालिका ११ जनामा सहित गण्डकी प्रदेशमा थप २० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार क्षयरोग उपचार केन्द्रमा पोखरामा गरिएको परीक्षणका क्रममा संक्रमितहरु तनहुँ तथा गोरखा जिल्लाका रहेका छन् ।  परीक्षणका क्रममा तनहुँका ११ जनालाई यता गोरखाका थप ९ जनालाई कोरोना पुष्टि भएको  हो ।

    संक्रमितहरु तनहुँ जिल्लाको ऋषिङ गाउँपालिका अन्तरगत वडा नम्बर २ का ४ जना पुरुष, ३ का १ जना पुरुष, ४ का १ जना पुरुष, ५ का ३ जना पुरुष, वडा नम्बर ६ का १ जना पुरुष तथा ८ का १ जना पुरुष छ्न भने गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नम्बर १३ का १ महिला तथा १ पुरुषलाई संक्रमण पुष्टि भएको हो । त्यस्तै पालुङटार वडा नम्बर १ का ५ पुरुष सहित १ जना महिला र वडा नम्बर ६ का १ महिला र १ पुरुष रहेका छन।

    आज बिहान समेत पोखरा महानगरपालिका १७ सहित गण्डकी प्रदेशका १९ लाई संक्रमण पुष्टि भएको थियो । यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ३ हजार ११ पुगेको छ ।
    119552952_184221463085639_4950560696695504789_o.jpg

  • सम्बन्धित विषय:

  • # कोरोना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology