Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बागलुङको जैमिनीमा अविरल वर्षासँगै आएको पहिरोले पुरिएर एक जना वेपता

बागलुङको जैमिनीमा अविरल वर्षासँगै आएको पहिरोले पुरिएर एक जना वेपता

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र २९, २०७७ सोमवार • १०:५८:०४ बजे
  • 1.4K
    SHARES
  • बागलुङको जैमिनीमा अविरल वर्षासँगै आएको पहिरोले पुरिएर एक जना वेपता
    बागलुङ - बागलुङको जैमिनीमा अविरल वर्षासँगै आएको पहिरोले पुरिएर एक जना वेपता भएका छन । सोमबार बिहान जैमिनी नगरपालिका–१ कुश्मिशेरास्थित टुनीबोटमा पहिरोले पाँच घर पुरिएका हुन्। घरमाथिबाट पहिरो खस्दा ६८ वर्षीय हरिकृष्ण शर्मा बेपत्ता भएको वडा अध्यक्ष भुपेन्द्र थापाले बताए । घर पुरिए पनि परिवारका अन्य चारजना भने भागेर ज्यान जोगाउन सफल भएका छन् । 

    पहिरोले स्थानीय पवित्रा देवी शर्मा, इन्द्रदेवी शर्मा, रत्न बहादुर क्षत्री र तारादेवी क्षेत्रीको घर पूर्णरुपमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए । घटनास्थलमा स्थानीयका साथै तत्कालै नेपाली सेना र प्रहरी परिचालन गरी बेपत्ता भएका शर्माको खोजी तथा उद्दारको काम भइरहेको उनले बताए ।

    अविरल वर्षापछि घर माथिबाट आएको पहिरोले पुरिएर टुनीबोटमै आइतबार ६३ वर्षीया लक्ष्मीदेवी उपाध्यायको ज्यान गएको थियो ।

  • सम्बन्धित विषय:

  • # पहिरो
  • # बाढी पहिरो
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology