Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चौथो विज्ञप्ती : पोखरा महानगर भित्र ३० जनामा कोरोना पुष्टी,को कहाँका हेर्नुस ........

चौथो विज्ञप्ती : पोखरा महानगर भित्र ३० जनामा कोरोना पुष्टी,को कहाँका हेर्नुस ........

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र २९, २०७७ सोमवार • १४:१०:५९ बजे
  • 3.2K
    SHARES
  • चौथो विज्ञप्ती : पोखरा महानगर भित्र ३० जनामा कोरोना पुष्टी,को कहाँका हेर्नुस ........
    सोमबार दिउसोँ पोखरा महानगर भित्र ठुलो सङ्ख्यामा कोरोना संक्रमित थपिएका छन ।स्वास्थ्य निर्देशानलय गण्डकी प्रदेशले जारी गरेको चौथो बिज्ञप्ती अनुसार पोखरा महानगर भित्र ३० जना सहित गण्डकी प्रदेशमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

    पोखरा महानगरपालिका वडा नम्बर १ का ६ वर्षीय बालक सहित २ जना महिला, वडा नम्बर ५ का १ जना पुरुष, ६ का १ महिला, ७ का ३ पुरुष, वडा नम्बर ८ का २ महिला सहित १ पुरुषलाई कोरोना पुष्टि भएको छ ।

    त्यस्तै वडा नम्बर ९ का १ महिला, वडा नम्बर १० का २ महिला सहित १ पुरुष, १३ का ४ महिला सहित १ पुरुष, वडा नम्बर १४ का २ महिला सहित १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै १७ का १ जना पुरुष, वडा नम्बर २५ का ८ वर्षीय बालिका सहित १ पुरुष र वडा नम्बर २६ का ३ महिला सहित १ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    त्यस्तै कास्कीको रुपा गाउँपालिकाका ४ जनालाई कोरोना पुष्टि भएको छ । गाउँपालिका अन्तरगत वडा नम्बर २ तथा ५ का ४ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

    यता तनहुँका ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिकाका वडा नम्बर नखुलेका २ जना पुरुष, वडा नम्बर ५ र ६ का १÷१ जना पुरुष तथा वडा नम्बर ६ का १ महिला र १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

    यस्तै लमजुङको मध्यनेपाल नगरपालिकाका ३ जनालाई संक्रमण पुष्टि भएको छ । नगरपालिका अन्तरगत वडा नम्बर ३ का १ पुरुष र वडा नम्बर ६ का १ महिला तथा १ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

    स्याङ्जाको पुतलीबजार नगरपालिकाका १ जनालाई संक्रमण पुष्टि भएको छ । उनी कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।

    यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ३ हजार ६४ पुगेको छ ।
    120pm-Update.jpg

  • सम्बन्धित विषय:

  • # कोरोना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology