Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

विद्युत् लाइन मर्मत गर्ने क्रममा पोलबाट खसेर पर्वत वितरण केन्द्रमा कार्यरत एक प्राविधिकको मृत्यु

विद्युत् लाइन मर्मत गर्ने क्रममा पोलबाट खसेर पर्वत वितरण केन्द्रमा कार्यरत एक प्राविधिकको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र ३०, २०७७ मंगलवार • ०९:३०:१५ बजे
  • 1.7K
    SHARES
  • विद्युत् लाइन मर्मत गर्ने क्रममा पोलबाट खसेर पर्वत वितरण केन्द्रमा कार्यरत एक प्राविधिकको मृत्यु
    पर्वत — विद्युत् लाइन मर्मत गर्ने क्रममा पोलबाट खसेर पर्वत वितरण केन्द्रमा कार्यरत एक प्राविधिकको मृत्यु भएको छ ।

    सोमबार साँझ सवा ७ बजे अवरुद्ध विद्युत् सुचारु गर्न कुस्मा नगरपालिका–७ खरेहामा पोलमा चढेका ३५ वर्षीय भोलाराम शर्माको मृत्यु भएको हो ।

    प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीका अनुसार पोलमा चढेर मर्मत गर्दै गरेका शर्मा अचानक सडकमा बजारिएका थिए । गम्भीर घाइते भएका उनलाई पर्वत अस्पताल पुर्‍याउनेबित्तिकै चिकित्सकले मृत घोषित गरेका थिए ।

    ‘बेल्ट मात्रै लगाएको भए पनि यस्तो घटना नहुन सक्थ्यो,’ सुवेदीले भने, ‘बेल्ट, हेल्मेट केही नलगाई चढ्नुभएको रहेछ ।’ करेन्ट लागेर वा चिप्लिएर खसेको भन्ने खुलाउन पोस्टमार्टम रिपोर्ट कुर्नुपर्ने सुवेदीले बताए ।

    उनका अनुसार शर्माको टाउकोको पछाडिपट्टि गहिरो चोट छ । शर्मा नेपाल विद्युत् प्राधिकरण पर्वतमा तेस्रो तहको इलेक्ट्रिसियन पदमा कार्यरत थिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology