Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरा सहित गण्डकी प्रदेशमा थप ४७ जनामा कोरोना भाइरस पुष्टि

पोखरा सहित गण्डकी प्रदेशमा थप ४७ जनामा कोरोना भाइरस पुष्टि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र ३०, २०७७ मंगलवार • १२:३२:१४ बजे
  • 1.8K
    SHARES
  • पोखरा सहित गण्डकी प्रदेशमा थप ४७ जनामा कोरोना भाइरस पुष्टि

    गण्डकी प्रदेशमा थप ४७ जनामा कोरोना भाइरस देखिएको जनाएको छ ।

    images

    तनहुँ शुक्लागण्डकी कै थप ४ पुरुष, ३ महिला तथा देवघाट २ का २ वर्षीय पुरुष , गोरखा शहिदलखन ३ की १० वर्षीया बालिका , मनाङ नासाकी २३ वर्षीया महिला, लमजुङ बेशीसहर स्थित मोडल अस्पतालमा उपचाररत ७० बर्षीय पुरुष, स्याङजाको वालिङ, पुतलिबाजार र आधिखोलाका ७ पुरुष तथा ५ महिला एवं नवलपुरको गैँडाकोट, मध्यबिन्दु र बौदिकालीका १२ पुरुष र ८ महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

    त्यसैगरी  स्वास्थ्य निर्देशनालय गण्डकीले पोखराको मेट्रोसिटीमा कार्यरत ३२ वर्षीया सफाई कर्मचारी, नमुना परिक्षणको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेका पोखरा १ र १४ का ४५ र १८ वर्षीय पुरुष तथा प्रतिष्ठान मै उपचारत तनहुँ सुक्लागण्डकी-१० को २३ बर्षीया महिलामा कोरोना पुष्टि भएको जनाएको हो ।

    यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार १ सय १२ पुगेको निर्देशनालयले जनाएको छ ।

     

  • सम्बन्धित विषय:

  • # कोरोना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology