Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बैंकिङ कसुर मुद्दाका फरार केश बहादुर गुरुङ पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार केश बहादुर गुरुङ पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र ३०, २०७७ मंगलवार • १८:०५:०० बजे
  • 1.5K
    SHARES
  • बैंकिङ कसुर मुद्दाका फरार केश बहादुर गुरुङ पक्राउ
    आश तमु पोखरा- बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी रुपा गाउँपालिका-५ देउराली बस्ने ५७ वर्षीय केश बहादुर गुरुङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

    दण्डहिनता विरुद्धको अभियान अन्तर्गत उच्च अदालत पाटनको २०७६ चैत १० गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ५० लाख रुपैयाँ जरिवाना र ६ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले पोखरा महानगरपालिका-६ बाट पक्राउ गरेको हो ।

    उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत कास्कीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology