Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पहिरो पिडितहरुको पुर्नबासका लागी मोना जापानको २३ लाख सहयोग

पहिरो पिडितहरुको पुर्नबासका लागी मोना जापानको २३ लाख सहयोग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ३०, २०७७ मंगलवार • १८:०५:३२ बजे
  • 6.7K
    SHARES
  • पहिरो पिडितहरुको पुर्नबासका लागी  मोना जापानको २३ लाख सहयोग

    गत असार २५ गते परेको अबिरल बर्षको कारण जिल्लाको बिभिन्न ठाॅउहरुमा गएको पहिरो र त्यसबाट बिस्थापित भएका पिडितहरुको पुर्नबासका लागी मोना जापानले करिब २३ लाख रुपैयाँ सहयोग संकलन गरेको छ।
    J1.jpg
    मोना जापानले हिजो एक कार्यक्रमको आयोजना गरी जिल्ला भित्र भएको यस्ता प्राकृतिक बिपत्तीको समयमा कोरोना माहामारी को बिषम परिस्थितीमा पनि उक्त सहयोग जुटाएको र उक्त रकम पिडितहरुको पुर्नबासका लागी स्थानिय सरकार संग समन्वय गरेर काम गर्ने गरी मोना अन्तराष्ट्रिय कार्यकारी  समितीलाई पठाईएको मोना जापानका अध्यक्ष दिपक कार्कीले जानकारी दिनु भयो।
    J2.jpg

    images

    संस्थाले गत असार २५ गतेको पहिरो लगत्तै करिब १ लाख रुपयाॅ घाईतेहरुको उपचारको लागी यस अघि नै पठाएको र हालसालै बाग्लुंगमा गएको पहिरो पिडितहरुका लागी पनि संस्थाको तर्फ बाट गोल्कोट समाज जापनलाई रु ५१०००। सहयोग गरिएको मोना जापनका महासचिब गणेश श्रेष्ठले जानकारी दिनु भयो ।

    J3.jpg

    साथै यस्तो बिषम परिस्थितिमा आफ्नो गास कटाएर सहयोग गर्ने सबै सहयोगी दाताहरुलाई संस्थाको तर्फ बाट धन्यबाद दिदै आगमी दिनहरुमा पनि समाजका हरेक क्षेत्रमा हातेमालो गरेर अगाडी बढ्न मोना जापान तयार रहेको महासचिब श्रेष्ठले मयूरपाटीलाई बताउनु भयो।
    J4.jpg
    J5.jpg
    J6.jpg
    J7.jpg

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology