Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सनसाइन फुटबल कप प्रतियोगितामा १२ टिम सहभागी

सनसाइन फुटबल कप प्रतियोगितामा १२ टिम सहभागी

चन्द्र गाेतामे

चन्द्र गाेतामे

मंसिर ८, २०७९ बिहिवार • २१:२७:४३ बजे
  • 2.3K
    SHARES
  • सनसाइन फुटबल कप प्रतियोगितामा १२ टिम सहभागी

    सनसाइन इङ्लिस बोर्डिङ स्कुल बरंजाले आयोजना गरेको 'सनसाइन फुटबल कप' प्रतियोगितामा १२ टिम सहभागी भएको छ ।

    images

    सनसाइन इङ्लिस बोर्डिङ स्कुल बरजामा मंसिर ८ गतेदेखि सुरु भएको निम्न माध्यमिक विद्यालय स्तरीय ( ६ ए साइड) फुटबल प्रतियोगितामा विष्णु राष्ट्रिय आधारभूत विद्यालय, माउन्ट एभरेष्ट, तातोपानी बोर्डिङ, डनिङ बोर्डिङ, लिटल गार्डेन एकेडेमी, केबी एकेडेमी, म्याग्दी एकेडेमी, दर्वाङ बोर्डिङ,   श्री महेन्द्र रत्न आधारभूत विद्यालय, मंगला क्याम्पस,  सनसाइन इङ्लिस बोर्डिङ ए र बी सहित १२ टिमको सहभागिता रहेको छ ।

    52739F22-52D6-420D-8F58-C3AFE085F7A1.jpeg

    सनसाइन फुटबल कप प्रतियोगितामा सनसाइन इङ्लिस बोर्डिङ स्कुलका अध्यक्ष चन्द्र बहादुर पुनको सभापतित्व तथा सनसाइन इङ्लिस बोर्डिङ्का सस्थापक बिरेन्द्र घर्ती मगरको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी विशिष्ट अतिथिमा लायन्स क्लब अफ बाग्लुङका अध्यक्ष नारायण प्रसाद आचार्य र श्याम प्रसाद शर्मा रहेका थिए । त्यसैगरी अतिथिमा विभिन्न स्कुलाबाट प्रतिनिधित्व गरि उपस्थित प्रतिनिधि , पत्रकार , समाजसेवी , बुद्धिजिवी लगायतको उपस्थिति रहेको थियो । सनसाइन फुटबल कप प्रतियोगितामा कार्यक्रमका सभापति, प्रमुख अतिथि, विशिष्ट अतिथि लगायतले दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रम संचालन सहायक प्रधानाध्यापक पारस रोका मगरले गरेका थिए भने स्वागत मन्तव्य प्रधानाध्यापक सन्तोष राईले राखेका थिए । त्यसैगरी स्वागत नृत्य पनि प्रस्तुत गरिएको थियो ।


    सनसाइन
    फुटबल कप प्रतियोगिताको पहिलो चरणको खेल सम्पन्न भएको छ । सनसाइन बोर्डिङस्कुल बी टिमलाई शून्यका बिरुद्ध ६ गोलले पराजित गर्दै विष्णु राष्ट्रिय आधारभूत विद्यालय क्वाटर फाईनलमा प्रवेश गरेको थियो । त्यसैगरी माउन्ट एभरेष्टले तातोपानी बोर्डिङलाई शून्यका बिरुद्ध ७ गोलले पराजित गरेको थियो । लिटल गार्डेनले दर्वाङ बोर्डिङ लाई १ का बिरुद्ध ५ गोलले पराजित गरेको थियो । केबी एकेडेमी र म्याग्दी एकेडेमीको  खेलमा निर्धारित समयमा कुनै पनि टिमबाट गोल हुन नसकेपछि पेनाल्टीमा केबी एकेडेमीले  म्याग्दी एकेडेमीलाई ४ का बिरुद्ध ५ गोलले पराजित गरेको थियो । त्यसैगरी श्री महेन्द्र रत्न आधारभूत विद्यालय र मंगला क्याम्पसबिच पनि निर्धारित समयमा दुबै टिमबाट गोल नभएपछि पेनाल्टीमा मंगलाले ३ का बिरुद्ध ४ गोलले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ । बुद्ध एकेडेमी र जानकी आधारभूत विद्यालय प्रतियोगितामा उपस्थित नभए पछि डनिङ बोर्डिङ र सनसाइन इङ्लिस बोर्डिङ पनि सिधै क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

    पहिलो क्वाटर फाइनल खेलमा विष्णु आधारभूत विद्यालयलाई शून्यका बिरुद्ध ३ गोलले पराजित गर्दैमाउन्ट एभरेष्ट सेमी फाइनलमा प्रवेश  गरेको छ । त्यसैगरी बाँकी रहेको क्वाटर फाइनलका खेलभोलि बिहान ८ बजे बाट सुरु हुने छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद २० हजार, ट्रफी, प्रमाणपत्रर मेडल हात पार्ने छ भने द्वितीय हुने टिमले नगद १० हजार , ट्रफी , प्रमाणपत्र र मेडल हात पार्ने छ ।

     

  • सम्बन्धित विषय:

  • # खेलकुद
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology