Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरामा एक पत्रकार र दुई पर्यटन प्रहरी सहित गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना पुष्टि

पोखरामा एक पत्रकार र दुई पर्यटन प्रहरी सहित गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना पुष्टि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र ३१, २०७७ बुधवार • ११:५४:१० बजे
  • 1.4K
    SHARES
  • पोखरामा एक पत्रकार र दुई पर्यटन प्रहरी सहित गण्डकी प्रदेशमा थप ५ जनामा  कोरोना पुष्टि
    पोखरा - पोखरा महानगरपालिकामा एक पत्रकार र दुई पर्यटन प्रहरी सहित सहित गण्डकी प्रदेशमा थप ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।निर्देशनालयले पोखरा ६ का २७ र ३१ वर्षीय पर्यटक प्रहरी  तथा पोखरा ४ का ३८ वर्षीय पत्रकारमा कोरोना पुष्टि भएको जनाएको हो ।  स्याङ्जाको पुतलीबजार नगरपालिका १३ घर भएका उनी पोखरामा पत्रकारिता गर्छन् ।

    त्यस्तै तनहुँको शुक्लागण्डकी नगरपालिका १० का २७ वर्षीय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनको कन्ट्याक्ट ट्रेसिङका आधारमा पहिचान भएको हो । उनी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत छन् ।

    नवलपरासी (ब।सु।पू) को कावासोती ८ का १ जनालाई संक्रमण पुष्टि भएको छ । उनी ३८ वर्षका पुरुष हुन् । उनको काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # कोरोना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology