भाद्र ३१, २०७७ बुधवार
•
१२:०५:१३ बजे
पोखरा - पोखरा महानगर भित्रका २८ जना सहित गण्डकी प्रदेशमा थप ५० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा कास्की पोखरा महानगरपालिकामा २८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ भने १ संक्रमित कास्की रुपा गाँउपालिकाका रहेका छन् ।
महानगरको वडा नम्बर ८,५,११,२७,४,१५,१०,९,१,६ का व्यक्तिमा कोरोना पुष्टि भएको हो। महानगरको वडा नम्बर ४ का ८ जना पुरुषहरु नेपाल प्रहरीमा कार्यरत छन् । त्यस्तै जिल्लाको रुपा गाँपालिका वडा नम्बर १ का २७ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यता गोरखामा १३ जना संक्रमित थपिएका छन् । शहिद लखन पालिकमा ३ , बारपाक सुलिकोटमा ८ ,भिमसेन थापा पालिका २ र गोरखा पालिकामा २ जना गरि थप १३ संक्रमित थपिएका हुन् ।
त्यस्तै बागलुङको गलकोटमा ३ जना , बडिगाडमा ४ र बागलुङमा १ गरि बागलुङ जिल्लमा ३ संक्रमित थपिएका छन् । यता तनहुँ जिल्लाको व्यासमा २ जना र घिरिङमा ३ गरि जिल्लामा ५ संक्रमित थपिएका छन् । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ३ हजार १ सय ६६ पुगेको छ ।