Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बिहारमा चट्याङ लागेर १५ को मृत्यु

बिहारमा चट्याङ लागेर १५ को मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र ३१, २०७७ बुधवार • १८:५१:३८ बजे
  • 1.2K
    SHARES
  • बिहारमा चट्याङ लागेर १५ को मृत्यु
    भारतको बिहार राज्यका विभिन्न जिल्लामा हालै केही दिनयता भएको अविरल वर्षा र त्यसपछिको चट्याङमा परी १५ जनाको ज्यान गएको छ ।

    यसै हप्ता बिहारका विभिन्न छ जिल्लामा परेको चट्याङ लागेर १५ जनाको मृत्यु भएको हो । समाचारमा जनाइएअनुसार अविरल वर्षासँगै परेको चट्याङले लागेर उनीहरुको निधन भएको हो ।

    चट्याङका कारण गएको तीन दिनमा ती नागरिकको ज्यान गएको र अरु केही व्यक्ति नराम्ररी घाइते भएका बिहारका विपद् व्यवस्थानसम्बन्धी अधिकरीहरुले जानकारी दिएका छन् ।

    बिहारको विपद् व्यवस्थापन विभागले बुधबार बिहान सो कुराको जानकारी दिएको हो । गएको सोमबारदेखि यहाँ चट्याङ पर्न शुरु गरेको र बुधबार बिहानसम्म यो संख्या १५ पुगेको बिहारको विपद व्यवस्थापन विभागले जानकारी दिएको हो ।

    भारतीय सञ्चार माध्यमहरुका अनुसार बिहार राज्यका विभिन्न जिल्लामा गत महिना मात्र पनि चट्याङका कारण १०० जनाभन्दा बढीको ज्यान गएको थियो । मौसम खराब रहेकोले बाहिर ननिस्कन र सम्भावित चट्याङबाट बच्ने उपायहरु अपनाउन पनि राज्यका सबै सर्वसाधारण नागरिकहरुमा सूचना जारी गरिएको बताइएको थियो ।

    यसैगरी बिहारका मुख्यमन्त्री नितिश कुमारले चट्याङ लागेर ज्यान गएका व्यक्तिका परिवारका सदस्यलाई प्रति परिवार चार लाख भारतीय रुपैयाँका दरले क्षतिपूर्ति दिने घोषणा गर्नुभएको छ । पीडितका परिवारलाई सो रकम हस्तान्तरण गर्ने काम भइरहेको बताइएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology